१८ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

बर्दियाको तीन स्थानमा शंकास्पद वस्तु फेला

फाइल तस्बिर।

जिल्लाको सदरमुकाम गुलरिया लगायत तीन ठाउँमा मंगलबार शंकास्पद वस्तु फेला परेको छ। विप्लव नेतृत्वको नेकपासहित ४ पार्टीले आह्वान गरेको बन्दको दिन जिल्लामा तीन ठाउँमा शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ।  

गुलरिया नगरपालिकास्थित भत्केको पुुलनजिक, गुलरिया राजपुर सडक खण्डको खैरापुर नजिक र ठाकुरबाबा नगरपालिका– ४ स्थित ढोढरी भुरिगाउँ सडक खण्डमा शंकास्पद वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक हिक्मतबहादुर बोहोराले बताए। ‘फेला परेको शंकास्पद वस्तु नेपाली सेना र प्रहरीको टोलीले हटाएको छ’ प्रहरी नायव उपरीक्षक बोहोराले भने, ‘फेला परेको शंकास्पद वस्तु सक्कली नभई डेमो हो।’ बन्दकर्ताले तर्साउनलाई रातो कपडामा तार बेरेर राखिएको बस्तु उनले जनाए। अप्रिय घटना हुन नदिन जिल्लामा बिहानै देखि सुुरक्षा व्यवस्था दुरुस्त रहेको प्रहरी नायव उपरीक्षक बोहोराले जानकारी दिए।

प्रकाशित: ७ भाद्र २०७९ १०:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App