२७ फाल्गुन २०८१ मंगलबार
image/svg+xml
समाज

बालबिवाह अन्त्यका लागि सरोकारवालाहरुको एक्येबद्धता

बालविवाह अन्त्यका लागि स्थानीय तहका जनप्रतिनिधि तथा सरोकारवालाहरुले एक्येबद्धता  जनाएका छन्। कालिकोटमा आयोजित बृहत् अन्तरक्रिया कार्यक्रममा बालविवाह अन्त्यकालागि स्थानीय तहका जनप्रतिनिधि र सरोकारवालाहरुले एक्येबद्धता  जनाएका हुन्।

कालिकोट जिल्लामा ब्याप्त बालविवाहको वर्तमान अवस्था,चुनौती र आगामी कार्यदिशा सम्बन्धि जानकारी गर्ने, बालविवाह सम्बन्धि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनी प्रावधान र प्रभावकारी कार्यान्वयनका लागि स्थानीय  तह तथा नागरिक समाजको भूमिकाका बारे बुझाईमा एकरुपता ल्याउने र कालिकोट जिल्लालाई बालविवाह निषेधित जिल्ला बनाउनका लागि आगामी रणनीति तय गर्दै स्थानीय तहका प्रमुख तथा सरोकारवालाहरु मार्फत साझा प्रतिबद्धता तयार गर्ने उदेश्य यस बृहत् अन्तरक्रिया कार्यक्रम गरिएको हो।

सेभ द चिल्ड्रेन,प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोग तथ किर्डाक नेपाल,हुरेन्डेक नेपाल,सादा नेपाल,फेडो नेपाल,आई एनएफ नेपालको साझेदारी र नेपाल पत्रकार महासंघ कालिकोटको आयोजनामा बृहत् अन्तरक्रिया कार्यक्रम भएको हो।

कार्यक्रममा बालबालिकाहरूमा लगानी र बालविवाह अन्त्यका विषयमा जनप्रतिनिधिले यक्यबदता जनाएका छन्। नेपाल पत्रकार महासंघका अध्यक्ष भरतराज बिष्टको सभा अध्यक्षता,संविधानसभा सदस्य तुलाराज बिष्टको प्रमुख अतिथ्यता, जिल्ला समन्वय समितिकी उपप्रमुख मिना रावल,आठविस नगरपालिका दैलेखका नगरप्रमुख र्तकबहादुर बडुवाल र रास्कोट नगरपालिकाका प्रमुख धर्मराज शाहीको विशेष आतिथ्यता तथा कालिकोटका ९ वटै पालिकाका प्रमुख तथा प्रतिनिधिहरू,प्रमुख जिल्ला अधिकारी रामहरि र्शमा, प्रहरी प्रमुख जयस्वर रिमाल, र विषयगत शाखाका प्रतिनिधिको सहभागीतामा बृहत अन्तरक्रिया कार्यक्रम भएको हो।

कार्यक्रममा सहभागि जनप्रतिनिधिले बालविवाह अन्त्यकालागि पालिकामा कार्यक्रम बनाएर लाग्ने एक्येबद्धता  जनाएका छन्।

प्रकाशित: ६ भाद्र २०७९ ११:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App