७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

श्रीमतीले अचानोले आक्रमण गर्दा श्रीमानकाे मृत्यु

पश्चिम चितवनको पार्वतीपुरमा घरायसी झगडा हुँदा श्रीमान्को मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–२१ बस्ने ५६ वर्षीय टीकाराम विकको घरायसी विवादका कारण मृत्यु भएको हो। 

कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार सोमबार घरायसी झगडा हुँदा श्रीमतीले अचानोले आक्रमण गरेको पाइएको हो। उनका अनुसार घरायसी झगडा हुँदा ५४ वर्षीया विनमाया विकले श्रीमान् टीकारामलाई अचानोले आक्रमण गरेकी थिइन्। 

आक्रमणबाट टाउकामा चोट लागेका टीकारामको मंगलबार  घरभित्र कोठामा शव भेटिएको हो। घटनामा संलग्न रहेको  आशंका श्रीमती विनमायालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। टीकरामको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ।  

प्रकाशित: २५ श्रावण २०७९ ०३:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App