१३ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

पिपरामा पशुपति क्षेत्रको ‘डिपिआर’ बनाइने

पिपराको पशुपतिनाथ मन्दिरमा वीरगन्ज महानगपालिकाका नगप्रमुख सिंह। तस्विर: नागरिक

वीरगन्ज नगरको आधुनिक स्वरुप रेखांकित हुनुभन्दा अगाडिदेखि हिन्दुहरुको धार्मिक स्थलको रुपमा रहेको गाउँ पिपरामा रहेको पशुपति नाथ मन्दिरको ‘विस्तृत योजना प्रतिवेदन’ बनाइने भएको छ। 

अहिले वीरगन्ज महानगरपालिकाको वडा नम्बर १४ पर्ने पिपराको पशुपति क्षेत्रलाई महानगरको ‘धार्मिक तथा सांस्कृतिक केन्द्र’को रुपमा विकसित गर्नेगरी योजनाको विस्तृत प्रतिवेदन बनाउने वीरगन्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले बताए।

साउनको पहिलो सोमबारका दिन विशेष पुजाआजा गर्दै नगरप्रमुख सिंहले पिपरा पशुपति क्षेत्रलाई महानगरको ‘धार्मिक तथा सांस्कृतिक केन्द्र’को रुपमा विकसित गर्नका लागि महानगरपालिकाबाट अध्ययन गरी ‘विस्तृत योजना प्रतिवेदन’ बनाउने बताएका थिए। 

पशुपति क्षेत्रलाई बिकास गर्ने पहल सुरु भएसँगै थुप्रै व्यक्तिहरुले पसुपति मन्दिरमा पुगी भगवान शिवको पुजा आराधना गरेका छन्। साउन महिनामा र विशेष गरी सोमबारका दिन दर्शन गर्न आउने आम भक्तजनको संख्या पनि त्यहाँ बढेको छ। 

पिपरा गाउँ उसै पनि प्राचिन पिपरा मठको लागि परिचित छ। गाउँभन्दा पूर्वमा रहेको उक्त मठ वीरगन्जभन्दा सयौं वर्ष पूरानो हो। यो सहर नबन्दै भारतीय तिर्थयात्रुहरु पसुपति नाथ, मुक्तिनाथ र देवघाटजस्ता धार्मिक स्थलमा तीर्थाटनको लागि आउदा पिपरा मठ बिश्रामस्थलको रुपमा रह्यो। यहाँको बिश्व हिन्दु स्तुप तत्कालीन राजा ज्ञानेन्द्रले उद्घाटन गरेका थिए। पूरानो संस्कृत विद्यालय यहाँ संचालित छ। 

यसै पिपारको पश्चिममा पशुपति नाथको मन्दिर छ। पहिलेदेखि लोकमान्यतामा शिवको स्थानको रुपमा रहेको यो ठाउँ ६ दशक अगाडि वीरगन्ज चिनी कारखाना स्थापना हुँदा त्यसको प्रङ्गणभित्रै पर्न गयो। अहिले यहाँ काठमाडौंकै पशुपतिनाथको मन्दिरको बनावटमा एउटा सुन्दर शिवालय छ। १४ कट्ठा जग्गामा आफ्नै प्रङ्गणसहित उक्त मन्दिर शान्त वातावरणमा छ। सहरको मेनरोडबाट नजिक छ।

प्रकाशित: १९ श्रावण २०७९ १५:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App