२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

निर्माण कार्य रोकिएको सुनकोसी मरिण डाइभर्सनका ठेकेदार कम्पनीले भन्यो: मजदुरको ज्याला बढाउन सकिँदैन

ज्याला बढाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका सुनकोसी मरिण बहुउद्देशीय आयोजनामा कार्यरत मजदुरहरु।

जिल्ला दररेट अनुसार ज्याला पाउनुपर्ने माग गर्दै झण्डै एक सातादेखि निर्माण ठप्प पारी आन्दोलनरत रहेका मजदुरहरुलाई सुनकोसी मरिण डाइभर्सन बहुउद्देशीय आयोजनाको निर्माण कम्पनीले ज्याला बढाउन नसक्ने अडान राखेको छ। जिल्ला दररेट अनुसारको न्यूनतम पारिश्रमिक आफूहरुले पाउनु पर्ने माग राख्दै गत शनिबारबाट मजदुरहरुले काम ठप्प पारेर आन्दोलनमा उत्रिएका हुन्।

जिल्ला दररेट अनुसारको न्यूनतम ज्याला पाउनुपर्ने लगायतका माग राख्दै सुनकोसी मरिण डाइभर्सन बहुउद्देशीय आयोजनामा कार्यरत मजदुरहरु शनिबारबाट आन्दोलित भएपनि निर्माणको जिम्मा लिएको चाइनिज कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभ्याक)ले  ज्याला वृद्धि गर्न नसक्ने अडान राखेको छ। कमलामाई नगरपालिका २ कुसुमटारस्थित सुनकोसी मरिण डाइभर्सन आयोजनाको  सुरुङ मार्गमा कार्यरत मजदुरहरुले ठेक्का पाएको चाइनीज कम्पनीले जिल्ला दररेट अनुसारको न्यूनतम ज्याला नदिएको भन्दै काम ठप्प पारेर आन्दोलित भएका हुन्। 

जिल्ला दररेट अनुसार अदक्ष (लेवर) को ज्याला ८०० कायम भएकोमा डाइभर्सन अन्तर्गत सुरुङको ठेक्का पाएको चाइनिज कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभ्याक) ले ८ घण्टा काम गरेको ५ सय ८० दिँदै आएको छ। दक्ष मिस्त्रीको ज्याला जिल्ला दररेटमा एक हजार भएपनि कम्पनीले ७०० रुपँैया मात्रै लिँदै आएको श्रमिकहरुले बताएका छन्। सुरुङ खन्नको लागि प्रवेश मार्गमा ६ सय ४० बढी नेपाली कामदार कार्यरत रहेका छन्।चाइनिज ठेकेदार कम्पनीका म्यानेजर लिउफेङ फेन नेपालको राष्ट्रिय निति नियम अनुसारनै आफूले ज्याला दिएकाले तत्काल ज्याला बढाउन नसकिने बताए।  

‘तत्काल ज्याला बढाउन सकिँदैन, हामीले नेपालको नियम अनुसार नै ज्याला उपलब्ध गराउँदै आएका हौँ’, उनले भने। ९० प्रतिशत कामदारहरु आन्दोलन छाडेर काममा फर्कन तयार छन् केहि स्थानिय कामदारले गर्दा आन्दोलन भएको हो। मजदुरहरुले चाइना कम्पनीका मान्छेहरुले आपूुहरुमाथि दुव्र्यवहार गरेको बताए पनि चाइना कम्पनीका कुनैले केहि दुव्र्यवहादर नगरेको बताए। एक जना कामदारले मोवाइल चलाएर काममा अवरोध गर्दै आएकाले डिउटीको समयमा मोवाइल चलाएर नबस्न अनुरोध गर्दा दुव्र्यवहार भनेर आरोप लगाएको बताए। म्यानेजर लिउफेङले पछिल्लो समय महंगी बढीरहेकाले आफूले समयमै सक्नका लागि घाटा सहेर काम गरिहेको बताए।  

जिल्ला दररेट अनुसारको न्यूनतम पारिश्रमिकको माग सहित १० ओटा अन्य माग राखेर मजदुरहरु आन्दोलनमा उत्रिएका छन्। आयोजनालाइ सम्बोधन गरेर १० वटा माग राखी आन्दोलनमा उत्रिएको एक मजदुरले जनाए।  मजदुरहरुले जिल्ला दररेट अनुसारको ज्याला पाउनुपर्ने, ओभर टाइमको रकम ज्याला हुनुपर्ने,शनिबार तथा अन्य विदाको दिनको हाजिर पाउनुपर्ने, रात्रिकालिन कामको दोव्बर ज्याला हुनुपर्ने, श्रमिकहरुलाई काममा विभेद हुन नहुने, पुरानो कामदार हुँदा हँुदै नयाँ राख्न नपाउने, मजदुरलाई शुद्ध खानेपानीको व्यवस्था, दिउँसो खाजा खाने समय आधा घण्टा दिनुपर्ने, कामदारमाथि अभद्र व्यवहार हुु नहुने, प्राथमिक उपचार र दुर्घ्ना बिमाको व्यवस्था हुनुपर्ने माग विज्ञप्तीमा उल्लेख गरी दैनिक आन्दोलन गरिरहेका छन्।  

ठेकेदार कम्पनीले मजदुरहरुसँग वार्ता गरेर जिल्ला दररेट अनुसारको पारिश्रमीकको व्यवस्था गर्न  पहल गर्ने आयोजना प्रमुख मित्र बरालले बताए। सुनकोसी नदीको पानी सुरुङबाट मरिण खोलामा खसाली तराईका खेतीयोग्य जमीनमा सिंचाइ सुविधा पु¥याउने उदेश्यले सिन्धुलीको कमलामाई नगरपालिका–२ कुसुमटारमा ८ महिना अघिदेखि सुरुङ खन्नका लागि टनेल बोरिङ मेशिन (टीबीएम)को प्लेटफर्म निर्माण भईरहेको आयोजनाले जनाएको छ। 

प्रकाशित: १९ श्रावण २०७९ १२:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App