गत २४ घण्टामा देशभर भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ। नेपाल प्रहरीले आइतबार बिहान दिएको जानकारीअनुसार दुर्घटनामा १२४ जना घाइते भएका छन्।
प्रहरीका अनुसार कोशी प्रदेशमा तीन जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन्। मधेश प्रदेशमा एक जनाको मृत्यु हुँदा १७ जना घाइते भएका छन्।
कर्णाली प्रदेशमा चार जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्। बागमती प्रदेशमा एक जनाको मृत्यु हुँदा चार जना घाइते भएका छन्।
गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा क्रमशः नौ जना, ३९ जना र सात जना घाइते भएका छन्। काठमाडौं उपत्यकामा १७ जना घाइते भएको प्रहरीले जनाएको छ।

प्रकाशित: २८ भाद्र २०८३ ११:४३ आइतबार





