१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

सर्पको टाेकाइबाट किशोरीको मृत्यु

विषालु सर्पकाे टाेकाइबाट कपिलवस्तु नगरपालिका–४ मालपाराकी एक किशोरीको मृत्यु भएको छ। अहमद मुसलमानको छोरी १८ वर्षीया रोबिना मुसलमान ट्वाइलेट जाने क्रममा गोगन सर्पले दाहिने खुट्टामा टाेकेको थियो।

उपचारको कपिलवस्तु बुद्धभूमि नगरपालिका–२ स्थित रहेको सर्पदंस उपचार केन्द्रमा लगिएको थियो। थप उपचारको लागि कपिलवस्तु अस्पतालमा लगिएको अवस्थामा उपचारको क्रममा मृत्यु प्रहरी नायब उपरीक्षक जेशी शाहले बताए।

यस्तै यता कपिलवस्तु कृष्णनगर नगरपालिका-८ देवानगढीया बिहादुरगंजका ३८ वर्षीय लालजी पासी मृत अवस्थामा फेला परेका छन्। रबिन्द्र नाथ चौधरीको खेतमा मृत अवस्थामा फेला परेका थिए। मृतक विगतदेखी लिभरको बिरामी रहेको भन्ने बुझिन आएको थप अनुसन्धान कार्य भइरहेको प्रहरी नायब उपरीक्षक शाहले बताए।

प्रकाशित: १२ श्रावण २०७९ १२:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App