१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

पार्किङका अन्डरग्राउन्ड खाली गर्न घरधनीलाई निर्देशन

काठमाडौँ महानगरपालिकाले नक्सापास भएबमोजिम अन्डरग्राउन्ड प्रयोग गर्न निर्देशन दिएको छ। महानगरपालिकाले ३५ दिने सूचना निकाल्दै निर्देशन अटेर गर्ने घरधनीलाई कारबाही गर्ने चेतावनी समेत दिएको छ।

यस्तै गोदाम, पार्किङलगायत प्रयोजनका लागि अन्डरग्राउन्डको नक्सापास भए पनि त्यसो नगरी व्यवसायिक रुपमा प्रयोग भइरहेको गुनासो आएको महानगरपालिकाले जनाएको छ । ठमेलमा स्वीकृतिविनै केही नाइट क्लबहरु अन्डरग्राउन्डमा सञ्चालन भइरहेका महानगरपालिकाले साउनको पहिलो साता ३५ दिने सूचनमा निकालेको हो।

काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार निर्देशन नमान्ने घरधनीलाई नियमानुसार कारबाही गरिने छ। त्यस्तै नक्सा स्वीकृत भएअनुसार काम भए महानगरपालिकामा ट्राफिक व्यवस्थापनको समस्या धेरै हदसम्म समाधान हुने काठमाडौँ उपत्यका ट्राफिक कार्यालय प्रमुख मीरा चौधरीले बताएकी छन्।

प्रकाशित: ११ श्रावण २०७९ ०८:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App