१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

खोलाले बगाएर वडा सदस्यको मृत्यु

फाइल् तस्बिर

नुवाकोटको बेलकोटगढी नगरपालिका–१२ का  निर्वाचित महिला वडा सदस्य सुकुमई तामाङको खोलाले बगाएर मंगलबार साँझ मृत्यु भएको छ।

बेलकोटगढीको वडा नं १० र १२ हुँदै बगेको बेलकोट खोलाले बगाउँदा ५४ वर्षीया तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए। खेतमा काम गरेर फर्कने क्रममा वडा नं १० स्थित द्धारिका टहरोमा खोला तर्ने क्रममा उनलाई बगाएको हो।  

तामाङको शव करिब एक किलोमिटर तल वडा नं १२ को रैकरे चौतीसमा भेटिएको खड्काले बताए। उनी गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा ९एमाले०बाट महिला सदस्यमा निर्वाचित भएकी थिइन्। रासस

प्रकाशित: ११ श्रावण २०७९ ०१:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App