१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

नेपालमा ‘हुकअप कल्चर’को बढ्दो ‘ट्रेण्ड’

भावनात्मक घनिष्टता, बन्धन वा प्रतिबद्ध सम्बन्ध समावेश नगरी  ‘वान नाईट स्ट्याण्ड’ अर्थात् एकरातको योन सम्बन्धलाई ‘हुकअप कल्चर’ भनेर बुझिन्छ। सामान्यतया पश्चिमा मुलुकहरुमा प्रख्यात रहेको हुकअप कल्चर नेपालमा भने सन् २०१५ देखि सुरु भएको मानिन्छ।  

दुई व्यक्ति गहिरो प्रेम र भावानात्मक समबन्ध बिना पनि शारिरीक सम्बन्ध कायम गर्न सक्छन् भन्ने विषय यो संस्कृतिले देखाएको छ। नेपालमा बिभिन्न डेटिङ एपहरुको प्रयोग गरी किशोर किशोरीहरु हुकअप कल्चरमा होमिएको पाईन्छ। ‘टिण्डर’,‘बम्बल’ लागायतका एपहरुको प्रयोग गर्दै हुकअप कल्चरमा बढी संलग्न भएको पाईन्छ।  

हुकअप कल्चरभित्र ‘वान नाईट स्ट्याण्ड, ‘फ्रेण्ड्स विथ वेनिफिट’ र ‘व्युटी कल’ पर्दछन्। नेपालमा याैन सम्बन्ध कायम गर्ने यस्तो संस्कृतिलाई सहजै स्वीकार त गरिएको छैन तर यस्तो संस्कृति व्यापकरुपमा फस्टाइरहेको द फेमिनिजम प्रोजेक्ट नेपालकी सहसंस्थापक निर्भाना भण्डारी बताउँछिन्। ‘अहिलेका किशोर किशोरीहरुलाई यस्तो विषयमा बुझलाउ नसकिए पनि अघिल्ला पुस्ताका व्यक्तिहरुलाई हुकअप कल्चर र अनौपचारीक यौन सम्बन्धको विषयमा रुढीबादी सोचका कारण सम्झाउन र बुझाउन नसकिने रहेछ’।  

हुकअप कल्चरको फाईदा तथा वेफाईदा पनि छ। यौन मानव जिवनको आत्यावश्यक कुराभित्र पर्दछ र हरेक व्यक्तिको आफ्नो याैनको ईच्छा व्यक्त गर्न पाउने अधिकार हुन्छ। कुनै व्यक्ति यौनिक रुपमा सक्रिय छ भने उ शारिरीक तथा मानसिकरुपमा स्वस्थ रहने स्वास्थविज्ञहरुले बताउदैं आएका छन्। तर यौन क्रियाकलापको यस्तो संस्कृतिले पुरुषले महिलालाई हेर्ने दृष्टिकोण र गर्ने यस्तो यौन सम्बन्धमा महिलामाथि हुने व्यवहार त्यति स्वीकारयोग्य नभएको भण्डारी बताँउछिन्। ‘यो केटिलाई त आज मात्र भेट्ने हो, यस्लाई जे गर्दा नि हुन्छ भन्ने सोच पुरुषहरुमा बढि पाईन्छ। यो संस्कृतिको सबैभन्दा डरलाग्दो पक्ष यहि हो। यस्तो अवस्थामा पुरुषहरुले महिलाहरुको मञ्जुरी बिना हिंसात्मक रुपमा योन क्रियाकलाप गर्ने गरेको पाईन्छ, जुन महिलाहरुको स्वास्थ्यको लागि हानिकारक समेत हुन सक्छ ।

यस्तो अवस्थामा यौनको विषयमा सहि शिक्षा प्रदान गर्न सकियो भने मात्र समाजमा महिलाहरुलाई वा आफ्नो यौन सझेदारलाई पुरुषहरुले गर्ने व्यवहारमा परिवर्तन ल्याउन सकिन्छ। साथै सुरक्षित रुपमा शारिरीक सम्पर्क कसरि राख्ने भन्ने विषयमा समेत ज्ञान हुन आवश्यक रहेको उनको भनाई छ।  

नेपालमा पूराना पुस्ताहरुले यौनलाई जसरी बुझेका छन्, त्यसैगरी अहिलेको पुस्ताहरुले बुझुन् भन्ने सोच राखेको पाईन्छ। युवाहरुमाथि पुराना पुस्ताका अविभावकहरुले हरेक कुरामा रोकटोक र नियन्त्रण गर्न खाजेको पनि पाईन्छ। उनी भन्छिन्,‘अविभावकहरुले आफ्ना सन्तानहरुलाई स्वतन्त्र छोड्नुपर्छ तर यस्ता विषयमा पनि ध्यान दिनुपर्छ, सहि वा गलत के हो भनेर अविभावकहरुले पनि बुझाउन सक्नुपर्छ।  

हुकअप कल्चरले दुई व्यक्तिहरुबीचको भावनात्मक आत्मीयता कायम गर्न नसकेको पाईन्छ। यस्तो किसिमको संस्कृति फस्टाउनाले मानिसहरु एक्लो पनको सिकार भईरहेको अध्ययनहरुले देखाएका छन्। यस्ता संस्कृतिले निम्त्याउने विकृतिहरुलाई हटाउन यौन र यौन स्वास्थ्यको विषयमा सहि शिक्षा उपलब्ध गराउन आवश्यक रहेको सरोकारवालाहरु बताउँछन्।

प्रकाशित: ९ श्रावण २०७९ १२:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App