आफ्नै कोठामा मृत फेला परेकी गायिका दिलमाया सुनारका प्रेमी खिलबहादुर श्रेष्ठ (सूर्य) पुर्पक्षको लागि कारागार चलान भएका छन्।
जिल्ला अदालत काठमाडौंले श्रेष्ठलाई हत्या आरोपमा पुर्पक्षको लागि कारागार पठाएको छ।जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनलाई केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल सुन्धारा पठाएको हो। ३३ वर्षीया सुनार असार ११ गते बिहान ११ बजे काठमाडौंको तार्केश्वर नगरपालिका ११ नेपालटारस्थित डेरामा ३३ वर्षीया सुनार मृत फेला परेकी थिइन्।
राति १:२० मिनेटमा उनको फेसबुकमा एउटा स्टाटस लेखिएको थियो। जसमा आत्महत्या गर्न लागेको उल्लेख गरिएको थियो। उक्त स्टाटस देखेपछि उनले आत्महत्या गरेको हो कि भन्ने प्रश्न उठेको थियो। तर घटनास्थलमा मोबाइल फोन नहुनु र कोठा खुल्लै हुनाले घटना शंकास्पद देखिएको भन्दै प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको थियो।
प्रकाशित: ९ श्रावण २०७९ ०८:२३ सोमबार