२७ फाल्गुन २०८१ मंगलबार
image/svg+xml
समाज

प्रदेश नामाकरण विवाद: विना निष्कर्ष टुंगियो सर्बदलीय बैठक

नामाकरणका विषयमा प्रदेशसभा सचिवालयमा छलफल चलिरहँदा प्रदेशसभा बाहिर किराँत प्रदेश नामाकरणको माग गर्दै प्रदर्शनमा उत्रिएकाहरू। तस्बिर: विनोद/नागरिक

प्रदेश १ को नामकरणका लागि सभामुख प्रदीपकुमार भण्डारीले बोलाएको सर्बदलीय बैठक विना निष्कर्ष टुङ्गिएको छ। शुक्रबार नामकरणका लागि छलफल गर्न सभामुख भण्डारीले प्रदेशभामा प्रतिनिधित्व गर्ने दलका नेताहरुलाई  बैठकमा बोलाएका थिए।

प्रदेश सभा सचिवालयमा ३ घण्टा चलेको बैठकमा दलका नेताहरू आ–आफ्नो अडानबाट पछि नहटेपछि नाम बारे कुनै सहमित हुन सकेन। बैठक पुनः बस्नेगरी टुंगिएको प्रदेश १ का  सभामुख प्रदिपकुमार भण्डारीले बताए। 

उनले भने, ‘छलफल सकारात्मक भएको र नामका विषयमा पुनः बैठक बसेर छलफल गर्ने सहमति भएको छ।’  प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले सर्वदलिय बैठकले नामका विषयमा ठोस निर्णय नगरेपनि बैठक सकारात्मक भएको बताएका छन्। 

उनले सबै दलका नेताहरू लचकताकासाथ बैठकमा प्रस्तुत भएको र सबैले आ–फ्नो दलभित्र छलफल गरेर पुःन बैठक बस्ने सहमति भएको जानकारी दिए। जातीय पहिचानका आधारमा नामाकरण गर्नुपर्ने अडान राख्दै आएका मुख्यमन्त्री राई पनि बैठकपछि बहुपहिचानका आधारमा नामाकरण गर्ने पक्षमा देखिएका छन्। 

उनले साह्रै नराम्रो नाम बाहेक अन्य बहुपहिचानका नाममा आफ्नो सहमति हुने बताए। ‘साह्रै नराम्रो नाममा सहमति हुन सकिंदैन’ उनले भने‘बहुपहिचानको नाममा हाम्रो  समर्थन हुनेछ।’ राईले अहिले चर्चामा रहेका र साझा पहिचानका नामका विषयमा आगामी बैठकमा सलफल गरिने र छलफललाई परिणाममुखि बनाउँदै लैजाने तयारीमा सबै दलहरू जुट्ने बताए।  प्रदेशको नामाकरण सबै दलको सहमतिकै आधारमा गर्ने पनि मुख्यमन्त्री राईले स्पष्ट पारे।  

यता नेपाली कांग्रेसका संसदीय दलका नेता राजीव कोइरालाले प्रदेशको नामाकरणको विषयमा भएको छलफल सकारात्मक रहेको प्रतिक्रिया दिएका छन्। उनले आगामि बैठक १÷२ दिन भित्रै राखिने र त्यो बैठक नेपाली कांग्रेसले आह्वान गर्ने जानकारी दिए। प्रति पक्ष दल नेकपा एमालेका प्रदेशको नामांकन समितिका संयोजक हिक्मतकुमार कार्कीले नामाकरणको विषयमा कसरी प्रवेश गर्ने र के नाम राख्ने भन्ने विषयमा छलफल भएको बताए। 

बैठकले  सहमतिका आधारमा नामाकरण टुंगो लगाउने निर्णय गरेको जानकारी दिए। प्रदेशसभा सचिवालयभित्र सर्वदलीय बैठक चलिरहेका बेला पहिचानका पक्षधरले भने संसद सचिवालय बाहिर पहिचानका आधारमा किराँत प्रदेश नामाकरण गर्न माग गर्दै प्रदर्शन गरेका थिए।

प्रकाशित: ६ श्रावण २०७९ ११:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App