४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

इच्छराज तामाङकी श्रीमती पक्राउ

ठगी सम्बन्धी कसूरमा फरार रहेकी सिर्जना शाक्य तामाङ पक्राउ परेकी छन्। 

सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाका पूर्वअध्यक्ष इच्छराज तामाङकी श्रीमती (संस्थामा लेखा समिति सदस्य) तामाङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले मंगलबार काठमाडौंबाट पक्राउ गरेको हो।  

सिभिल सहकारीमा भएको पाँच अर्ब बढी ठगीमा शाक्यसहित १२ जना प्रतिवादी थिए। त्यही कसूरमा फरार रहेकामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

सहकारीबाट ठगिएको भन्दै १५३० बचतकर्ताले किटानी जाहेरी दिएपछि तामाङ र केशवलाल श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ।

प्रकाशित: ३ श्रावण २०७९ १४:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App