१२ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

बोरिङ खन्ने क्रममा लेदो माटोसहितको फोहोरा निस्किएपछि खानी विभागलाई बोलाइयो

काठमाडौँ जोरपाटीमा लेदो माटो र पानीसहितको फोहोरा निस्किएको छ। सोही ठाउँका एक स्थानीयको घरमा बोरिङ खन्ने क्रममा माटोको लेदो र पानीसहितको फोहोरा निस्किएको प्रहरी वृत्त बौद्धले जनाएको छ।

प्रहरीले यसबारे अध्ययन गर्न खानी विभागका अधिकारीहरुलाई बोलाएको छ। माटो र बालुवाको लेदो आकाशतर्फ उड्दा वरपरका घरहरुमा हिलो र लेदो भरिने बाहेकको थप क्षति नभएको प्रहरी वृत्त बौद्धले बताएको छ। प्रहरी वृत्त बौद्धका अनुसार थप अनुसन्धानका लागि खानी विभागका अधिकारीहरुलाई खबर गरिएको छ।

प्रकाशित: ३ श्रावण २०७९ ०७:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App