४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

असार बित्यो खेतहरू सुक्खै

साउनमा समेत सुक्खा हुँदा किसान त्राहिमाम

साउनमा सुक्खा रहेको पर्सा अठराहाँका खेतहरु। तस्विरः रितेश/नागरिक

असार बितेसंगै समान्यता ८० प्रतिशत रापाइँ सकिसक्नु पर्ने पर्सामा करिब ३० हजार हेक्टर खेतहरु खाली छन्। दमकल (पम्पिङ्ग सेट) लगाएर रोपाई भइसेकका करिब साढे १७ हजार हेक्टर खेतहरुमा धुँजा फाटिसेकेको छ। रोपाई बाकी रहेका खेतहरु खनजोत गरेर ठिक्क पारिएर पनि सुनसान छन। अर्कोतिर बिडमा बिउ सुकेर नष्ट हुन लागेका छन्। यसपाली सिंगै असार बितेर साउन लागिसक्दा पनि पर्साका धेरै गाउँहरुमा रोपाई हुन सकेको छैन।

‘सिंगै असार गयो, साउन आयो तर खेतमा माटोका डल्लाहरु सुकेर सेतो भएका छन्, यस्तो ‘सुखाड’ मैले जीवनमा देखेको थिइन। यतिबेला किसानलाई चिन्ता बाढी र डुबानको पो हुने हो, जबकी खुक्खाले सबैलाई भयातुर बनाएको छ,’ पर्साको बिन्दवासनी गाउँपािलका वार्ड नम्बर ५ भेंलहाँ घर भएका किसान ७० वर्षिय देवनारायण भगतले भने, ‘यो समान्य सुक्खा होइन, भयानक प्राकृतिक संकट हो।’

मुख्यबाली धानको खेति यस पाली धेरै पछाडि धकेलिएको छ। किसानहरु बिउ जोगाउन हरसम्भव प्रयास गरिरहेका छन। ‘मेरो १८ कट्ठा खेतमध्ये १४ कट्ठा दमकल लगाएर रापेको छुँ। १० दिन भयो खेत सुकेर फाटिसकेको छ, फेरी पानी हाल्नुपर्छ, दमकलको घण्टाको तीन सय २० रुपैया पर्छ, १४ घण्टा कमसेकम चलाउनु पर्छ,’ भगतले अगाडि भने, ‘ट्रेक्टरको जोताई, बिउ, मजदुरी, सिचाई, कटाई र दाईजस्ता खर्चहरु पहिलेदेखि छ, यसपाली रोपाई भएदेखि पटक पटकको सिचाई खर्च थपिन लागेको छ, यति गर्दा पनि प्राकृतिक वर्षाजस्तो उपज कुनैपनि हालतमा आउदैन। खेतिको लागत धानले त के पराल बेच्दा पनि यसपालि निस्किदैन जस्तो छ।

पर्साका किसानहरुको प्रायः यस्तै प्रतिक्रिया छ। जिल्लामा ४७ हजार ७ सय ७५ हेक्टर जग्गामा धानखेति हुने गरेको छ। यसमध्ये ३५ देखि ४० प्रतिशत धान रोपाई मात्र असार महिनासम्म भएको जिल्ला कृष ज्ञान केन्द्रका प्रमुख मुनीलाल प्रसाद बताउछन्। बाकी खेतहरु तयार भएर पनि मुख्य रुपमा पानीकै अभावमा रोपाई हुन नसकेको उनको भनाई छ। रोपाई भएका खेतहरुमा हुर्किनु पर्ने धान सुकिरहेका छन। खेतमा ठुलाठुला धुँजाहरु फाटेका छन्। मुख्यबाली धानको खेति बिग्रएपछि किसान त्राहिममा छन्।

सुकेर धुँजा फोटेको अवस्थामा मध्य असारमा रोपाई भएको खेत।  

वर्षा नभएर माटोभित्र आद्रता छैन। यस्तोमा दमकल लगाएर सिचाई गर्दा पनि धरतीले तेजीमा पानी सोसीरहेको र बालीलाई पानी अभाव भइरहेको किसान बताउछन्। ‘मेरो १० कट्ठा खेत रोप्न ढिलो भइरहेको थियो, बिउ सुकेर नष्ट हुनै लागेको थियो, मैले दुई हर्स (हर्स पावर)को मोटर किनेर ल्याए, ४ सय मिटर पाइप पनि किने र करिब ४ दिन मोटर चलाएर खेतलाई भिजार एक हप्ता अगाडि रोपाई गरेर भ्याए,’ पकहाँ मैनपुर वार्ड नम्बर २ धोरेका किसान बृजकिशोर पटहेराले भने, ‘इन्द्र देउताले दया गर्लान पछि पानी परिहाल्छ भन्ने थियो, तर यसपाली भगवान पनि कुपित छन्, खेत सुकेर सेतो भएको छ, फेरी ४ दिन मोटर चलाउनु पर्ला।’

गत असार १४ र १५ मा वर्षा भएपछि किसानहरु हर्षित भएका थिए। वर्षा सुरु भएर पनि खेतहरुमा रोपाईयोग्य पानी हुन सकेको थिएन। तापनि बिडमा बिउ तयार हुन उक्त पानीले धेरै काम गर्ला भनेर किसान हर्षित भए। हुन पनि बिउ हुर्कियो। तर त्यसयता वर्षा फर्किएको छैन। बिचमा कुनैकुनै बेला मेघको गर्जन हुदा अब पानी आउला भनेर आशा जगाउने गरेको किसान भगतले बताए। तर, आशा अनुसार मौसमले एक पटक पनि साथ नदिएपछि किसान यतिखेर निराश छन्।  

जिल्लाको कुल खेतियोग्य जग्गामध्ये एक तिहाई भुभाग मात्र गण्डक पुर्वी नहरसंग जोडिएका छन्। नहरका पनि अधिकांश तरसरी (कुलो) कही ब्यक्हिरुले मिचेर संरचना मेटाई दिएका छन् भने कही सार्वजनिक रुपमै नहरलाई सडकको रुपमा प्रयोगमा ल्याईसकिएको छ। यसले गर्दा नहर संजालबाट जोडिएका खेतहरुमध्ये ठुलो हिस्सा त्यसको सिचाई प्रणालीबाट अलगिएका छन्। उसो त नहरमा पानी पनि छैन। मुख्य रुपमा आकाशे पानीको भर छ यहाँका किसानलाई। ‘हरेक १० देखि १५ बिगहाको बिचमा एउटा डिप बोरिङ्ग सरकारले नै गरेमा मात्र अबका दिनमा खेति गर्न सकिन्छ,’ भगतले भने, ‘नभए अब खेति संभव छैन।’

 वर्षा नभएर माटोभित्र आद्रता भनेर खेतको माटो देखाउदै पर्सा कोन्हियाका किसान साहेब यादव।

  मलको अभाव

मलको अभावले पनि यसपाली रोपाईमा समस्या भएको छ। रोपाई भइसेकका खेतहरुमा पनि मल हाल्न नसकिएपछि बाली कमजोर भएको किसान बताउछन्। ‘एक बोरा मात्र मल पाएँ भने मलाई राहत हुन्थ्यो, अलौं कोन्हियाका किसान साहेब यादवले भने, ‘खेतमा बिउ घामले डढेर सकिन लागेपछि तिलावे नदीमा दमकल लगाएर रोपाई सुरु गरेको छुँ। मेरो १४ कट्ठा खेतको लागि कम्तिमा एक बोरा मल पयो भने राहत हुन्थ्यो।’  

मल नपाइने भएपछि बिउ उम्रिसकेका र सिचाईको लागि नदी पोखरी नजिक रहेका खेतमामा पनि किसानले रोपाई सुरु गरेका छैनन। यसरी अन्नको भण्डार भनिने मध्य तराईको जिल्ला पर्सामा सिचाई र मल अभावले गर्दा रोपाई पूर्णरुपले प्रभावित भएको छ।

सुक्खाग्रस्त क्षेत्र घोषणा गर्न माग

यसैबिच नेपाली काँग्रस पर्साको जिल्ला कार्य समितिको पर्साको अगुवाईमा प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउदै पर्सालाई सुक्खाग्रस्त क्षेत्र घोषणा गर्न माग गरेको छ। पर्साका किसानहरुले धानबाली लगाउने पिसजनमा पानी नपरेर अनाबृष्टीको अवस्था सिर्जना भएकोले पर्सालाई सुक्खाग्रस्त क्षेत्र घोषणा गर्नुपर्ने माग ज्ञापनमा छ। 

त्यस्तै पर्साका कृषकहरुको धानवाली लगाउने सिजन र हाल पानी नपरी सुखायाम भई अनावृष्टिको अवस्थामा कृषकको आशा भरोसा रहेको नारायणी सिचाई व्यवस्थापन कार्यालय पर्सा वीरगन्जले नहरमा पानी समेत सञ्चालन नगरेको मा यथाशिघ्र पानी सञ्चालन गर्न माग गरिएको छ। काँग्रेसका जिल्ला सभापनि जनार्दन सिंह क्षेत्री, केन्द्रीय सदस्य अजय चौरसिया, नेता सुरेन्द्रप्रसाद चौधरी लगायतको उपस्थितीमा बुझाइएको ज्ञापनमा धानवाली लगाउने बेलामा रसायनिक मल (खाध) को अभाव भई कृषकहरुलाई समस्या भइरहेको र उत्पादन मा समेत ह्रास हुने भएको ले अविलम्व रासायनिक मल उपलब्ध गराई कृषकहरुको समस्या समाधान गर्न माग सामेल छ। 

पानी अभावमा बिडमै सुकेको धानको बिउ।  

 

प्रकाशित: १ श्रावण २०७९ १४:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App