आजदेखि काठमाडौं महानगरपालिकाले कुहिने र नकुहिने फोहोर छुट्याएर संकलन गर्ने भएको छ। यसका लागि महानगरले यसअघि नै तालिका सार्वजनिक गरिसकेको छ।
कुहिने फोहोर आइतबार र बुधबार संकलन गर्ने र नकुहिने फोहोर सोमबार र शुक्रबार संकलन गर्ने महानगरले जनाएको छ।
तोकिएबमोजिम नागरिकले फोहर व्यवस्थापनका गर्नुपर्ने छ। महानगरले एक महिनाअघि नै सूचना जारी गरी फोहोर वर्गीकरण गर्नेबारे नगरवासीलाई जानकारी गराएको थियो।
प्रकाशित: १ श्रावण २०७९ ०१:२२ आइतबार