भक्तपुरको दरबार स्क्वायरबाट कोरा भक्तपुर साइकलिङ च्यालेन्ज सुरु भएको छ। शनिबार विहानदेखि च्यालेन्जमा सहभागी हुनेहरु दरबार स्क्वायरबाट हिडेको छ।
साइकल च्यालेन्जका सहभागीहरु दरबार स्क्वायरबाट सिद्धपोखरी हुँंदै मध्यपुर थिमि नगरपालिका पुगेको थियो। मध्यपुर थिमि नगरपालिकाको निकोसेरा, बहाखा बजार, बोडे, निलबाराही, वेसीगाउँ हुँदै जिल्लाकै चाँंगुनारायण नगरपालिका पुगेकोे थियो।
चाँगुनारायण नगरपालिकाको दुवाकोट, चाँगुनारायण, त्रिशुलडाँडा, तेलकोट, हुँदै नगरकोट पुगेको छ। नगरकोटमा पुगेर विहानको खाना खाने कार्यक्रम भएको छ। उनीहरुलाई नेपाल इको प्यानलले खानाले स्वागत गरेको थियो। खानाका लागि नेपाल इको प्यानलले प्रायोजन गरेको थियो।
खानापछि त्यहाँबाट थाकलमाथ, खावा, नाला गुम्बा, भंगाल, लटरम्बेश्वर, साँगा, खाल्चोक, आशापुरी, रानीकोट, गुण्डु, गाम्चा, बालकोट, लोकन्थली, कौशलटार, सानोथिमि हुँदै पुनः भक्तपुर दरबार क्षेत्रमा समापन हुने कार्यक्रम तय गरिएको छ।
सहभागीहरुमध्ये नगरकोटसम्म सबैजना जाने छन्। त्यहाँंबाट तीन छुटाछुटै रुट पक्रने छन्। नगरकोटबाट ५०, ७५ र १०० किलोमिटरका तीनवटा रूट तयार गरिएको छ। त्यस अनुसार नगरकोटबाट उनीहरु छुट्टिएर आआफनो रुट अनुसार चल्नेछन्।
भक्तपुरलाई साइकलिङ गन्तव्य बनाउने उद्देश्यका साथ कार्यक्रम गरिएको हो। साथै कोभिडको कारण ज्यान गुमाएका साइकलिष्ट यमलाल रसाइलीको परिवारलाई सहयोग रकम संकलन गरी कोष स्थापना गर्नका लागि पनि कार्यक्रम गर्न लागेको जानकारी गराइएको छ।
कार्यक्रमबाट ६ लाख रुपैयाँं सहयोग संकलन गर्ने लक्ष्य लिइएको छ। प्रतियोगितामा भक्तपुरसहित काठमाडौं, ललितपुर, बनेपा, पनौती, पोखरा, तनहुँ, धरानलगायतका सहरहरूबाट साइकलयात्री सहभागी रहेको आयोजकले जनाएको छ। च्यालेन्जमा विदेशी पर्यटक पनि सहभागी रहेका छन्।
प्रकाशित: ३२ असार २०७९ ०८:२६ शनिबार