२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

उदयपुरमा बोलेरो दुर्घटना हुँदा एक युवकको मृत्यु, ८ जना घाइते

अघिल्लो राति भएको बोलेरो जीप दुर्घटनामा परी घाइते भएकामध्ये एक युवकको मृत्यु भएको छ। बुधबार राति कटारीबाट मयंखुतर्फ जाँदै गरेको प्रदेश २–०१–००१ च ०२४३ नम्बरको बोलेरो दुर्घटना हुँदा १८ वर्षीय विष्णु राउतको निधन भएको हो।

दिउँसो पौने ४ः०० बजे छुटेको जीप कटारी नगरपालिका ४ स्थित सिद्धिचरण लोकमार्गको अडाकुन्नामा आफैं अनियन्त्रित भएर दुर्घटना हुँदा त्यसमा सवार सबै यात्रु घाइते भएका थिए। उनीहरुको उद्धार गरी कटारी अस्पतालमा प्रारम्भिक उपचारपछि विपी स्वास्थ्य विज्ञान धरान पठाइएकोमा उपचारकै क्रममा राति राउतको मृत्यु भएको प्रहरीले जनाएको छ।

टाउको र छातिलगायत शरीरका विभिन्न भागमा गहिरो चोट लागेका राउत कटारी नगरपालिका १३ मयंखुका भएको इलाका प्रहरी कार्यालय कटारीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। उनको शव धरानमै पोष्टमार्टम गर्ने प्रक्रिया अघि बढाइएको छ। अन्य घाइतेहरुको धरानमै उपचार भइरहेको छ।

उपचाररत घाइतेहरुमा कटारी नगरपालिका ८ का २० वर्षीय राज ठकुरी, वर्ष २२ का मनोज ठकुरी, वर्ष ५५ की उर्मिला ठकुरी रहेका छन्। त्यस्तै कटारी ८ कै वर्ष ३५ का कृष्णबहादुर बुढाथोकी, कटारी ४ का  २२ वर्षीय दिपेश कोईराला, कटारी ११ का ५० वर्षीय ईन्द्रबहादुर मगर, कटारी ११ कै वर्ष १८ का दिवस बस्नेत र सुनसरी जिल्लाको ईटहरी उपमहानगरपालिका १० का ५० वर्षीय निर्मल भुजेल रहेको प्रहरीले जनाएको छ।

घाइते सबैको टाउको, खुट्टा, हात र शरीरका विभिन्न भागमा घाउ चोट लागेको प्रहरीले जनाएको छ। उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र सुधार भइरहेको प्रहरी भनाइ छ। जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी इन्सपेक्टर मोहन थापाका अनुसार जीप चालक कटारी नगरपालिका १३ मैयंखुका २३ वर्षीय पोषराज खत्री र बोलेरो नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय कटारी परिसरमा राखिएको छ। घट्नाबारे थप अनुसन्धान भइरहेको इप्रका कटारीका प्रमुख डिएसपी मानबहादुर राईले बताएका छन्।

प्रकाशित: ३० असार २०७९ ११:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App