४ वैशाख २०८१ मंगलबार
समाज

यमबुद्धको सालिक आफ्नै तलबबाट बनाउँछु: मेयर शाह

काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले यमबुद्धको सालिक आफ्नै तलबबाट बनाउने बताएका छन्।

शनिबार सामाजिकमार्फत् मेयर शाहले यसबुद्धको सालिक आफ्नै तलबबाट बनाउने बताएका हुन्। बालेनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,'म मेरो तलबबाट यमबुद्धको सालिक बनाउँछु।'

पछिल्लो समय शाहले काठमाडौँमा यमबुद्धको सालिक बनाउने घोषणा गरेका थिए। उनले घोषणा गरेसँगै मेयर शाहको सर्वत्र विरोध भइरहेको थियो। अनिल अधिकारी नामका यमबुद्ध चर्चित नेपाली र्‍यापर हुन्।

साथी नामक गीतबाट प्रचलित भएका उनी नेपाली हिपहप जगतमा छाएका कलाकार थिए। विशेषतः समाजको विकृतिको विरोधमा थुप्रै गीत रचेका उनी लेखाइको अभिव्यक्तिबाट चर्चित थिए। लण्डनमा बस्दै आएका उनले १४ जनवरी २०१७ मा लण्डनमानै आत्महत्या गरेका थिए।

प्रकाशित: २५ असार २०७९ ०९:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App