१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

फुङलिङमा दुईमहिने आधारभूत व्युटी पार्लर तालिम सम्पन्न

ताप्लेजुङको फुङलिङमा सञ्चालित दुईमहिने आधारभूत व्युटी पार्लर तालिम समापन भएको छ। फुङ्लिङ नगरपालिका र घरेलु तथा साना उद्योग महासंघ ताप्लेजुङको समन्वयमा उद्योग प्रवर्द्धन कार्यक्रम अन्तर्गत  घरेलु कार्यालय ताप्लेजुङले आयोजना गरेको तालिम समापनसँगै सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको घरेलु कार्यालय ताप्लेजुङका निमित्त उद्योग अधिकृत युवराज घोर्साईले जानकारी दिए।  

तालिम समापन सत्रमा बोल्दै निमित्त प्रमुख जिल्ला अधिकारी यामबहादुर भट्टराईले सिकेको सीपलाइ व्यवसायिक बनाउन सके आत्मनिर्भरताको बाटो खुल्ने बताए। नेपाल घरेलु तथा समाना उद्योग महासंघ ताप्लेजुङका अध्यक्ष राजेन्द्र भारतीले सीप हासिल गर्न जति उत्सुक हुन्छौं,त्यति नै यसलाइ व्यवसाय सृजना गर्नेतर्फ पनि ध्यान केन्द्रित भए सहज हुने बताए।  

घरेलु कार्यालय ताप्लेजुङका कर्मचारी निर्जा भट्टराईका अनुसार लिला सुनुवार र सीता श्रेष्ठले तालिममा प्रशिक्षको भूमिका निर्वाह गरेका थिए। फुङ्लिङ नगगरपालिका वडा नं ४ जिमीपोखरी टोलमा रहेको सृजनशलि व्युटी पार्लर केन्द्रमा तालिम सञ्चालन भएको थियो।  

प्रकाशित: २१ असार २०७९ ०६:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App