४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

परषट्रमन्त्री खड्का सप्तकोसी कटान निरीक्षणमा

क्याप्सनः परराष्ट्रमन्त्री डा. नारायण खड्का बाढी प्रभावित क्षेत्र कोसी तटीय क्षेत्रको अनुगमनको क्रममा। तस्विरः महेश्वर/नागरिक

परराष्ट्रमन्त्री डा.नारायण खड्काले सप्तकोसीको कटान तथा डुबान क्षेत्रको निरीक्षण अवलोकन गरेलगत्तै तटबन्धको काम सुरु भएको छ। उदयपुर निर्वाचन क्षेत्र १ प्रतिनिधिसभा सदस्यसमेत रहेका मन्त्री खड्काले आइतबार मात्र कोसी प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेकोमो सोमबारदेखि बाँध बाँध्ने काम सुरु भएको छ।  

अनुगमन गरेकै भोलिपल्टदेखि बेलका नगरपालिकाका बिभिन्न कोसी पीडित वडामा तटबाँध निर्माणको काम सुरु भएको बेलका नगरपालिकाका नगरप्रमुख अशोक कार्कीले बताए। उनका अनुसार बाढी पीडित क्षेत्र, कोसीले कटान गर्न थालेका बिभिन्न ठाउँमा सशस्त्र प्रहरी, प्रहरी, जनप्रतिनिधि र स्थानीयबासीको संयुक्त पहलमा मर्मत कार्य सुरु भएको हो।  

केही दिनयताको निरन्तर वर्षापछि कोसीमा उर्लेको बाढीले कटान र डुबानको जोखिम बढाएको अवस्थामा मन्त्री खड्काले स्थलगत निरीक्ष अवलोकन गरेका हुन्।  

डा. खड्काले बेलका नगरपालिकाका बिभिन्न बाढी प्रभावित वडाका बस्तीहरुको आईतबार अवलोकन निरीक्षण गर्दै तत्काल राहत र उद्धारको व्यवस्था मिलाउने आश्वासन दिएका छन्।  

अवलोकन भ्रमणको क्रममा सँगै रहेका सिंचाई विभागका महानिर्देशक (डिजी) सुशीलचन्द्र आचार्यलाई तत्काल पीडितलाई उद्धार गर्दै उचित राहत र सुरक्षित बसोबासको व्यवस्था मिलाउन निर्देशन दिएका थिए। सिंचाई विभागको कोसी जलाधार क्षेत्र हेर्ने जिम्मा पाएका विभागीय प्रमुख, प्रदेश १ का प्रहरी प्रमुखसहितको टोलीले स्थानीयहरुसँग प्रत्यक्ष संबादसमेत गरेको थियो।  

विषयविज्ञ टोलीसँगै आएका डा. खड्काले कोसीमा जोखिमको स्थलगत अनुगमन गर्दै बाढी प्रभावितहरुलाई तत्काल राहत र उद्धारको व्यवस्था मिलाउने आश्वासन दिएका थिए। केहीदिनयताको निरन्तर वर्षाले बेलका नगरपालिकाका १, २, ३, ८ र ९ नं. वडाका कोसी तटीय क्षेत्रहरुमा बाढीले क्षति पु¥याउनुका साथै कटान र डुबानको समस्या निमत्याएको छ।  

अहिले भएको क्षति र आगामी दिनमा पु¥याउने संभावित क्षतिप्रति सचेत रहँदै मन्त्री खड्काले सक्दो प्रयास गर्ने बचन दिएका थिए। निरीक्षणको क्रममै मन्त्री खड्काले कोसी बाढीले एकातिर डुबान र कटानको समस्या निम्त्याईसकेको छ भने कैयौं घरधुरी बिस्थापित हुनुपर्ने अवस्था आउन नदिने तत्काल रोकथामको कार्य थाल्न डिजी आचार्यलाई निर्देशन दिएका छन्। उदयपुृरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादव, जिल्ला प्रहरी प्रमुख एसपी सुबासचन्द्र बोहरा, सुनसरी र सप्तरीका प्रमुख जिल्ला अधिकारीहरु, प्रहरी प्रमुखलगायत सुरक्षा निकाय प्रमुखहरुसमेतको उपस्थिति थियो।

पछिल्लो बाढी पीडित जमात सप्तकोसीले खोटाङ, भोजपुर, सुनसरी र सप्तरीसँग सीमा लगाएको उदयपुृरको पूर्वी बेलका नगरपालिकाका कोसी तटीय क्षेत्र पछिल्लो समय असुरक्षित भएको छ। निरन्तर वर्षा हुन थालेपछि उर्लेको सप्तकोसीको बाढीले बेलका नगरका १, २, ३ र ८ नं. का दर्जन बढी बिभिन्न बस्ती असुरक्षित हुन पुगेको बेलका नगरप्रमुख अशोक कार्कीले बताए। ५ वटा वडाका झण्डै ५ हजार बढी घरधुरी बाढीको चपेटामा परेको उनले बताए।  

मेयर काकीृका अनुसार भेलबाढी बढेसँगै बेलकाका कोसी तटीय क्षेत्रका झण्डै ५ हजार घरधुरी परिवार डुबान र कटानको त्रासले निन्द्रा न भोकको अवस्थामा पुगेको स्थानीयले बताएका छन्। 

प्रकाशित: २० असार २०७९ १६:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App