२१ भाद्र २०८३ आइतबार
image/svg+xml
समाज

तीन दिनमा ८७ हजार ८७७ ग्यास सिलिन्डर काठमाडौं भित्रियाे

धादिङको कृष्णभीरमा पहिरो गएर पृथ्वीराजमार्ग बन्द भएपछि नेपाल आयल निगमले वैकल्पिक मार्ग हुँदै ८७ हजार ८७७ सिलिन्डर ग्यास रिफिल गरेर काठमाडौं ल्याएको छ।

तराईका विभिन्न उद्योगहरूमा रिफिल गरी काठमाडौं ल्याएर बिक्री वितरण भइरहेको ग्यासको बिक्री वितरण भइरहेको निगमले जनाएको छ।

निगमले काठमाडौं, धादिङ र काभ्रेपलाञ्चोकमा रहेका ग्यास उद्योगका सिलिण्डरहरू बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, धनुषा र महोत्तरीका उद्योगमा रिफिल गरी वैकल्पिक मार्गबाट काठमाडौं ल्याएर बिक्री–वितरण भइरहेको जनाएको छ।

निगमका अनुसार भदौ १८, १९ र २० गते गरी तीन दिनमा कुल ८७ हजार ८७७ वटा एलपी ग्यास सिलिण्डर रिफिल गरी काठमाडौं ल्याइएको थियो।

भदौ १८ गते २४ हजार ४९४, भदौ १९ गते ३४ हजार १३४ र भदौ २० गते २९ हजार २४९ सिलिण्डर काठमाडौं ल्याई बजारमा बिक्री–वितरण गरिएको निगमले जनाएको छ।

निगमले पृथ्वीराजमार्गको कृष्णभीर खण्ड नियमित रूपमा सञ्चालनमा नआएसम्म यही व्यवस्थालाई निरन्तरता दिइने जनाएको छ।

प्रकाशित: २१ भाद्र २०८३ १३:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App