१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

रंगेली-विराटनगर सडकखण्ड अवरुद्ध

मोरङको रंगेली–विराटनगर र रंगेली–कानेपोखरी सडक खण्ड बाढीका कारण अवरुद्ध भएको छ। सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण मोरङका अधिकांश स्थान डुबानमा परेको छ।

रंगेली नगरपालिका–२ मंगलबारेस्थित रंगेली–विराटनगरको हुलाकी राजमार्गको कल्भर्ट बाढीले बगाउँदा सडक अवरुद्ध भएको छ। नहरको कल्भर्ट बगाउँदा सवारी आवागमन प्रभावित हुँदा सम्बन्ध विच्छेद भएको हो। सडकखण्ड हुँदै दैनिक सयौं सवारीसाधन सञ्चालन हुने गरेको थियो।

साना सवारीसाधनलाई भने ‘डाइभर्ट’ गरेर सञ्चालनमा ल्याइएको छ। रंगेली–कानेपोखरी सडक खण्डको देउरिया खोलाको पुल नबनाउँदा सडक अवरुद्ध भएको छ। यस सडकले मुख्य राजमार्ग छुने गरेको छ। रंगेलीबाट बाहिर निस्कन दुवै सडक खण्ड बाढीले बगाउँदा ठूला समस्या पर्न थालेको छ।

मोरङको विभिन्न क्षेत्रमा डुबानमा परेकाहरुलाई स्थानीय निकायसँगको समन्यवमा विभिन्न विद्यालय, सामुदायिक भवनलगायत सुरक्षित स्थानमा स्थानतरण गर्ने काम भइरहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ।  

प्रकाशित: १५ असार २०७९ ०५:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App