८ वैशाख २०८१ शनिबार
समाज

कार दुर्घटना हुँदा पाँचथरमा एक जनाको मृत्यु, एक गम्भिर

मेची राजमार्ग अन्तर्गत पाँचथर फाल्गुनन्द गाँउपालीका–३ पाङग्रे भिरमा कार दुर्घटना हुँदा एक जनाको घटना स्थलमै मृत्यु भएको छ। 

दुर्घटनामा परि चालक झापा जलथल–५ बस्ने ४५ बर्षिय प्रकाश बुढाथोकीको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डिएसपि राकेश थापाले जानकारी दिए।

पाँचथरको फालेलुङ–१ का भिष्म केरुङ गम्भिर घाईते भएका छन्। शरिरका विभिन्न भागमा चोट लागेको प्रहरी जनाएको छ। उनलाई उपचारका लागि पठाइएको छ।

झापाबाट फिदिम आउदै गरेको मे १ ज २७८४ नम्बरको कार सडकदेखि करिब ७ सय मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: १२ असार २०७९ १३:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App