१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

'बदलिँदो परिस्थितिमा सम्बन्ध सुदृढ बनाइराख्न चनाखो हुन जरुरी'

भारतको वैशालीमा आयोजित ‘भारत नेपाल समिट २०२२’

भारत विहारको वैशाली जिल्लास्थित ऐतिहासिक नगर वैशालीमा आयोजित ‘भारत नेपाल समिट २०२२’ का सहभागिहरुले बदलिँदो परिस्थितिमा सम्बन्ध सुदृढ बनाइ राख्न चनाखो हुन जरुरी रहेको बताएका छन्।

मिडिया फोर बोर्डर हार्मोनी संस्थाले आयोजन गरेको समटिमा ‘बदलिँदो परिस्थितिमा भारत नेपाल सम्बन्ध, चुनौती एवं निदान’ विषयमा बोल्दै भारत र नेपालका वक्ताहरुले यस्तो बताए। वैशालीस्थित थाई अतिथि सदनमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि भारतका सांसद तथा पूर्व केन्द्रीय मन्त्री अखिलेशप्रसाद सिंहले भारतको १७ यस किलोमिटरभन्दा लामो नेपालसँगको खुला सिमाना दुई देशबीचको विशिष्ठ तथा अभिन्न सम्बन्धको प्रमाणको रुपमा रहेको बताए।

नेपालमा भारतको विरुद्धमा बाहिरी शक्तिहरुले खेल्न खोजे त्यहाँका जनताले त्यसलाई निरुत्साहित गर्ने गरेको बताए। नेपाल र भारतको सिमामा कहिलेकाँही असहज परिस्थिति आउने गरेकोमा त्यसलाई विवेकपूर्ण ढंगले र दुई देशको सरकारस्तरको सम्बन्ध र जनताबीचको सम्बन्ध नखलबलियोस्। उनले वैश्विक परिवेशमा पनि नेपाल र भारतबीचको सम्बन्धलाई आजको समयमा बलियो बनाई राख्न दुई देशको सामरिक तथा रणनीतिक आवश्यकता रहेको बताए।

कार्यक्रममा बोल्दै विशिष्ठ अतिथि भारतका अर्का सांसद अजय निषादले नेपाल र भारतको सम्बन्धलाई बलियो र प्रगाढ बनाइराख्न नागरिक समाजले अहम भूमिका निर्वाह गरेको भन्दै प्रसंशा गरे। उनले औपचारिक सम्बन्धहरुकाबीच जनस्तरीय अन्तरक्रिया र संवाद पनि भइरहनु पर्ने सुझाव दिए।

कार्यक्रममा नेपालबाट विशिष्ठ अतिथि रहेका लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका मधेस प्रदेशका संसदीय दलका नेता जितेन्द्र सोनलले नेपाल लामो संघर्षपछि संघीय लोकतान्त्रि कायम भएकोमा यसले आफ्नो विकासको यात्रा हितैषी तथा शुभचिन्तक छिमेकी राष्ट्र भारतसँगको सहकार्यमा अगाडि बढाउन आवश्यक रहेको बताए।

प्रचीन कालदेखिको यो सम्बन्ध नयाँ र बदलिँदो कालखण्डमा पनि अझ प्रगाढ बनाउँदै लैजान आवश्यक रहेको उनले बताए। आफू नेपालीहरु भारत आउँदा अरु देशमा पुगेको जस्तो अनुभुति आउँदैन र भारतीय नागरिकले पनि नेपालमा त्यस्तै हार्दिकता पाउने गरेको सोनलले बताए। यस्तो विशिष्ठ सम्बन्धलाई जोगाउन राज्य, समाज र जनता सबैको साझा कर्तव्य रहेको बताए।

कार्यक्रममा जनकपुरस्थित जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले माता जानकी र भगवान श्रीरामको कालदेखी चलिआएको सम्बन्ध जोगाउन दुई देशका सबै नागरिकको साझा दायित्व रहेको बताए। वैशालीस्थित थाइ मन्दिरका प्रमुख डा. पिसी चन्द्राले दुई देशबीचको सम्बन्ध विश्वमै विशिष्ठ रहेको र यस विषयमा आयोजित कार्यक्रममा सहभागि हुन पाउनु गर्वको विषय रहेको बताए।

उक्त कार्यक्रममा भारतका विभिन्न पार्टीका विधान सभा सदस्यहरु, नेतागण, पत्रकार र नागरिक समाजका व्यक्तिहरुको उपस्थिति थियो। कार्यक्रममा नेपालतर्फबाट जानकी मन्दिरका उत्तराधिकारी महन्थ दास र होटेल तथा पर्यटन व्यवसायी संघ, वीरगन्जका अध्यक्ष हरी पन्त नेपाल भारत मैत्री सम्मानबाट सम्मानित भएका छन्। 

प्रकाशित: ११ असार २०७९ १०:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App