७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

खेवाङ पहिरोका घाइतेलाई हेलिकोप्टरबाट उद्धार गरिँदै

ताप्लेजुङको सिरिजङगा गाउँपालिका वडा नं ७ खेवाङको तेम्फुमा गएको पहिरोमा परी सख्त घाइते भएका बिष्णु अधिकारीलाई हेलिकोप्टरमार्फत उद्धार गरी उपचारको प्रवन्ध गरिने भएको छ।

जिल्ला सुरक्षा सािमतिको समन्वय र जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलको आग्रहमा गृह मन्त्रालयमार्फत घाइते अधिकारीको उद्धार तथा उपचार प्रवन्धको तयारी गरिएको हो। ‘हेलिकोप्टरमार्फत उद्धार गरी उपचारकोको प्रवन्धको तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख(डिएसपी) कैलाश राईले जानकारी दिए।

उनका अनुसार गए राति आएको पहिरोमा परी अधिकारीकी आमा तुलसा अधिकारी र श्रीमती यसोदा अधिकारीको मृत्यु भइसकेको छ। यहाँस्थित नेपाली सेनाको भीमकाली गुल्मपति अदित श्रेष्ठले उद्धारका लागि हेलिकोप्टर काठमाडौबाट उडेको जानकारी दिए।

प्रकाशित: ३ असार २०७९ ०३:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App