१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

ताप्लेजुङमा पहिरोले घर बगाउँदा सासु-बुहारी बेपत्ता

ताप्लेजुङको सिरिजङगा गाउँपालिका वडा नं ७ खेवाङको तेम्फुमा पहिरोले घर बगाउँदा २ जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा उद्योगनाथ अधिकारीकी श्रीमती र बुहारी रहेका छन्।

छोरा भने भागेर बाँच्न सफल भएको भाग्ने क्रममा सामान्य घाइते भएको खबर आफूले प्राप्त गरेको खेवाङ घर भएका पत्रकार सन्तोष पुर्कुटीले जानकारी दिए। सिरिजंगा गाउँपालिका उपाध्यक्ष चित्र मावोले पहिरोले घर बगाएर मानिस बेपत्ता भएको खबर आफूहरुलाई प्राप्त भएको आफूहरु घटनास्थलतर्फ जान लागेको बताए। बाटो नभएको र खोलामा पानी बढेकोले त्यहाँ पुग्न कति कठिन हुन्छ भनेर अनुमान गर्न गाह्रो भएको उनको भनाइ छ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख(डिएसपी)कैलाश राईले घटनाको जानकारी पाउनासाथ प्रहरी टोली घटनास्थल तर्फ गएको र त्यहाँ पुगीसकेपछि मात्र पूर्ण बिबरण आउने जानकारी दिए।

प्रकाशित: ३ असार २०७९ ००:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App