२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

एसपीपी सम्बन्धी कुनै पनि सम्झौता गरेका छैनौं: नेपाली सेना

नेपाली सेनाले अमेरिकी सेनासँग स्ट्राटिजिक पार्टनरसिप प्रोग्राम एसपीपी सम्बन्धी कुनै पनि सम्झौता नगरेको बताएको छ।

आज एक विज्ञप्ति निकाल्दै नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले एसपीपी सम्बन्धी सञ्चार माध्यममा आएका समाचारमा आफ्नो ध्यानाकर्षण भएको भन्दै त्यस्तो सम्झौता नगरेको जनाएको हो ।

विज्ञप्तिमा भनिएको छ, 'एसपीपी सम्बन्धी कुनै पनि सम्झौता वा समझदारी नेपाली सेनाले अमेरिकी सेना वा सरकारसँग नगरेको र नभएको साथै त्यस्तो सम्झौता गर्नेतर्फ कुनै प्रक्रियासमेत नभएको साथै नेपालले अवलम्बन गरेको असंलग्न परराष्ट्र नीति, नेपालको विशिष्ट भू–राजनैतिक अवस्थिति एवं सामरिक संवेदनशीलतामा प्रतिकुल असर गर्ने गरी कुनै पनि सैनिक समझदारी भविश्यमा कोही कसैसँग पनि गर्न नहुने वस्तुगत यथार्थतामा नेपाली सेना सदैव प्रष्ट र सचेत रहेकाे छ।'

प्रकाशित: १ असार २०७९ १५:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App