१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

'संरचना निर्माण गर्दा विपद्जन्य कुरालाई ध्यानमा राखेर डिजाइन गर्नुपर्ने'

नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीले संरचना निर्माण गर्दा विपद्जन्य कुरालाई ध्यानमा राखेर डिजाइन गर्नुपर्ने बताएका छन्।

सोमबार गृहमन्त्रालयमा बसेको विपद् कार्यसमितिको बैठकमा उनले विपद्लाई ध्यानमा राखेर पूर्वाधार निर्माण गरेमात्रै विपद्जन्य जोखिम र दुर्घटनाबाट जोगिने बताए। उनले सरकारी निकायहरुबाट सञ्चालन हुने क्रियाकलापहरु संस्थागत रुपमा क्षेत्रगत र समन्वयात्मक हुनुपर्नेमा जोड दिए।

त्यस्तै नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले पहाडमा बाढी र तराईमा डुबानको मुख्य समस्यालाई मध्यनजर गरेर सुरक्षा रणनीति तयार पारिएको बताए। उनले सम्भावित विपद्लाई न्यूनीकरण गर्न सुरक्षा निकाय तयारी अवस्थामा रहेको बताए।

यस्तै, सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) राजु अर्यालले विपद् आएपछि उपचार खोज्नुभन्दा विपद्अघि नै समस्या कम गर्ने बाटो खोज्नु आजको आवश्यक्ता भएको बताए। उनले काठमाडौंमा नै पानीको कारण डुबानको समस्या आउनसक्ने भन्दै त्यसतर्फ आफू सचेत रहेको बताए। महानिरीक्षक अर्यालले विपद्को न्यूनीकरणका लागि नेपालभर १० वटा स्थानमा प्राप्त जनशक्ति परिचालन गरेको बताए।

कार्यक्रममा अन्य वक्ताहरुले नेपालले चीनसँग कुटनीतिक पहल गरेर मौसमसम्बन्धी पूर्व सूचना प्रणाली प्राप्त गर्नसक्ने व्यवस्था गर्न सरकारसँग आग्रह गरेका थिए। त्यस्तै विपद् आइसकेकोले मौसम पूर्वानुमानको सूचना स्थानीय तहमा नै गर्नुपर्ने, उर्जालाई सकेसम्म छिटो सेवा प्रवाह गर्नेकुरामा लाग्नुपर्ने धारणा राखेका थिए।

प्रकाशित: ३० जेष्ठ २०७९ १०:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App