४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

जनकपुरबाट ७२ वर्षीय वृद्ध बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

जनकपुर उपमहानगरपालिका वडा १ का एक वृद्ध केही दिनदेखि  सम्पर्कविहीन भएका छन्। उनी सम्पर्कविहीन भएपछि परीवारका सदस्यले खोजी गरिदिन प्रहरीमा निवेदन दिएका छन्।

सम्पर्कविहीन हुनेमा जनकपुर उपमहानगरपालिका १ का ७२ वर्षीय विक्रम भगत रहेका छन्।  विक्रम भगत जानकी मन्दिर दर्शनका लागि जाने भन्दै घरबाट निस्किएका थिए।

आफ्नो बुवा जेठ २८ गते दिउँसो १२ बजेबाट सम्पर्कविहीन भएको भन्दै छोरा धनजन्य भगतले जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएका छन्।

विक्रम भगतका आफन्तहरुले उनलाई भेटे खबर गर्नसमेत आग्रह गरेका छन्। त्यस्तै प्रहरीले पनि विक्रम भगतलाई कतै भेटे नजिकैको प्रहरी कार्यालय तथा आफन्तहरुलाई बुझाइदिन वा ९८१८३४२०२० वा सम्पर्क गर्न आग्रह गरेको छ।

प्रकाशित: ३० जेष्ठ २०७९ ०७:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App