१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

आँबुखैरेनी-मुग्लिन सडक: दुई घण्टाको फरकमा एकतर्फी सवारी साधन सुचारु

आँबुखैरेनी–मुग्लिन सडक खण्डमा एक तर्फी साना-ठूला सवारी साधन सुचारु भएका छन्। उक्त सडक खण्डको डम्पिङमा बाटो चौडा बनाउने काम भइरहेको छ।

पावर हाउस नजिक सडक भासिएकाले केही समय ठूला सवारी साधन सञ्चालनमा रोक लागाइएको भएपनि अहिले भने उक्त सडक खण्डबाट दुई-दुई घण्टाको फरकमा साना र ठूला सवारी साधनलाई एकतर्फी रुपमा सञ्चालन गरिएको छ।

ठूला सवारी साधन सञ्चालन गर्दा जोखिम हुने भएकाले सडक भासिएको ठाउँमा सडक डिभिजन कार्यालयले शुक्रबारदेखि नै भित्ता काट्न थालेको थियो। सडक भासिएर एउटा कार र एउटा मोटरसाइकल खस्दा दुई जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा हेटौँडाका ३५ वर्षीय हेमबहादुर भुजेल र गोरखा घर भइ आँबुखैरेनी–२ बस्ने ३३ वर्षीय केशव घिमिरे रहेका छन्।

प्रकाशित: २८ जेष्ठ २०७९ ०६:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App