४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

फरार प्रतिवादीहरु पक्राउ

ठगी र बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको छ।

ठगी मुद्दामा काठमाडौँ धुम्बाराही बस्ने पाल्पा तिनाउ गाउँपालिका–३ का ४० वर्षीय जीतबहादुर गुरुङलाई आज पक्राउ गरिएको प्रहरी जनाएको छ।

ठगी मुद्दामा संलग्न रही फरार रहेका उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले वसुन्धराबाट पक्राउ गरेको हो। उनलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बुटवल, रुपन्देही पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। 

यसैगरी बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौँको थानकोट बस्ने दोलखा कालिञ्चोक गाउँपालिका–१ घर भएका ३४ वर्षीय अमरबहादुर तामाङलाई पनि आजै प्रहरीले पक्राउ गरेको छ।

बैंकिङ कसुरमा रु ६२ लाख ३३ हजार बिगो भई फरार रहेका उनलाई उक्त कार्यालयबाट खटिएको प्रहरीले काठमाडौँ माकलबारीबाट पक्राउ गरेको हो।

 उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय नुवाकोट पठाइएको छ। त्यस्तै बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौँ जडीबुटी बस्ने धनुषा लक्ष्मीनिया गाउँपालिका–२ का ३९ वर्षीय हसन साफीलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित: २५ जेष्ठ २०७९ १६:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App