३० वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

बाँदरमुढे घटनाका पीडित १७ वर्षदेखि न्याय कुर्दै

१७ वर्षअघि चितवनको बाँदरमुढेमा भएको घटनाका पीडित परिवारले न्याय माग गर्दै सरकारलाई झुटो आश्वासन नदिई दोषीलाई तत्काल कारबाही गर्न माग गरेका छन्।

चितवनको बाँदरमुढेमा तत्कालीन माओवादी कार्यकर्ताहरूले एक यात्रुवाहक बसमा बम विस्फोट गराउँदा ३५ जना सर्वसाधारण र ड्युटीमा नरहेका तीनजना सुरक्षाकर्मीहरू घटनास्थल मै मारिएका थिए। २०६२ साल जेठ २३ मा भएको घटनामा ७० जनाभन्दा बढी घाइते भएका थिए। त्यसबेला घाइते भएकामध्ये ६ जनाले ज्यान गुमाइसकेका छन्।

घटनाका पीडितहरू सत्य, न्याय र परिपूरणको प्रतीक्षा गरिरहेका छन्। पीडितहरूले दण्डहीनताका कारण असहाय भएको भन्दै अब झुठो आश्वासन नदिनसमेत सरकारसँग न्यायको माग गरेका छन्। सरकारले विगतका वर्षमा पनि धेरैपटक आश्वासन दिएको भन्दै पीडितहरूको माग र आवश्यकता सम्बोधन गर्न पहल नगरेको पीडा पोखेका छन्।

‘पीडितहरू शारीरिक तथा मनोवैज्ञानिक आघातका साथ जीउन बाध्य भएको भन्दै आर्थिक संकटको चपेटामा समेत परेको बताए। विगतमा सरकार र माओवादी नेतृत्वले गरेका प्रतिज्ञा अहिलेसम्म पूरा भएका छैनन्,’ जवाफदेही निगरानी समितिका संयोजक चरण प्रसाईं र एडभोकेसी फोरमका कार्यकारी निर्देशक ओमप्रकाश सेन ठकुरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २४ जेष्ठ २०७९ ०५:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App