७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

वृक्षारोपण र वन संरक्षणमा ध्यान दिन आवश्यकः मुख्यमन्त्री शाही

मुख्यमन्त्री जीवनबहादुर शाहीले वातावरण संरक्षण अहिलेको मुख्य चुनौती भएको बताएका छन्। उनले रुखले मात्रै प्रकृतिलाई जोगाउने भएकाले वृक्षारोपण र वन संरक्षणमा ध्यान दिन आवश्यक रहेको बताए।

‘हामीसँग बस्नका लागि अर्को पृथ्वी छैन्, त्यसैले यसलाई जोगाउने दायित्व पनि हाम्रो हो,’ आइतबार विश्व वातावरण दिवसको अवसरमा आयोजित वृक्षारोपण कार्यक्रममा मुख्यमन्त्री शाहीले भने, ‘माटोलाई जोगाउनेतर्फ ध्यान दिन आवश्यक छ।’

मुख्यमन्त्री शाहीले कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षलाई वृक्षारोपण वर्षका रुपमा मनाउन लागिएको बताए। उनले कर्णाली प्रदेशको राजधानीलाई दिगो वातावरणमैत्री बनाउनेतर्फ प्रदेश सरकारले विशेष ध्यान दिइरहेको बताए।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव मोहनदेव जोशीले तीन ‘स’लाई आधार मानेर वृक्षारोपण अभियान सुरु गर्न लागिएको बताए। ‘सुरक्षा, संरक्षण र स्वच्छतालाई ध्यानमा राखेर वृक्षारोपण अभियानको सुरुवात गरिएको हो,’ उनले भने, ‘आगामी आर्थिक वर्षभरी कर्णालीका १० वटै जिल्लामा यसलाई अभियानका रुपमा सञ्चालन गछौं।’

वृक्षारोपण कार्यक्रममा सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्री, आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट, भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर शाही, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कार्चेन लामा, प्रमुख सचिव राजकुमार श्रेष्ठ, वीेन्द्रनगर नगरपालिकाका मेयर मोहनमाया ढकाललगायतको उपस्थिति रहेको थियो।

प्रकाशित: २२ जेष्ठ २०७९ ०५:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App