२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

गणतन्त्र दिवसको अवसरमा ताप्लेजुङ कारागारबाट चार कैदीले पाए बाँकी सजाय मिनाह

गणतन्त्र दिवसको अवसरमा ताप्लेजुङ कारागारका ४ जना कैदीको सजाय मिनाह गरिएको छ। कारागार कार्यालय ताप्लेजुङका प्रमुख कुलेन्द्र खवासका अनुसार ५० प्रतिशत कैद भुक्तान गरेका ३ जना र ४० प्रतिशत कैद भुक्तान गरेका १ जनाले बाँकी सजाय मिनाह पाएका छन्।

सजाय मिनाह पाउनेमा आठराइ त्रिबेणी गाउँपालिका चाँगेका ५३ वर्षीय नरबहादुर साँवा रहेका छन्। कर्तव्य ज्यान मुद्दामा कैद सजाय भोगिरहेका उनलाई २० वर्ष कैद सजाय तोकिएकोमा १० वर्ष १ महिना २४ दिन भुक्तान गरिसकेका थिए। यस्तै सोही मुद्दामा २० वर्ष कैद सजाय तोकिएका मेरिङ्देन गाउँपालिका वडा नं १ थिङ्लाबुका ३३ वर्षीय पासाङ शेर्पाको बाँकी रहेको ७ वर्ष ३ महिना कैद सजाय मिनाह गरिएको खवासले जानकारी दिए।

यस्तै डाका मुद्दामा ३ वर्ष कैद सजाय पाएका मेरिङदेन गाउँपालिका वडा नं २ सान्थाक्राका २९ कमल शेर्पाको बाँकी १ वर्ष ३ महिना ८ दिन कैद सजाय मिनाह गरिएको छ। ४० प्रतिशत कैद सजाय भुक्तान गरेका ६२ वर्षीय खड्ग श्रेङचोङवाङले पनि कैद सजाय मिनाह पाएका छन्। कर्तव्य ज्यान मुद्दामा ५ वर्ष कैद सजाय तोकिएका उनको बाँकी रहेको २ वर्ष ६ महिना ९ दिन कैद सजाय मिनाह भएको जिल्ला कारागारले जनाएको छ। यि ४ जना छुटेपछि अब जिल्ला कारागारमा ८७ कैदी र ५७ थुनुवा गरेर १ सय ४४ जना रहने छन्। पुरुष कैदीबन्दी मात्र राख्न मिल्ने कारागारको क्षमताले २५ जनाको मात्र हो।

प्रकाशित: १५ जेष्ठ २०७९ ०८:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App