१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

तनहुँमा दुर्घटनाः आमाको मृत्यु, छोरा घाइते

मंगलबार दिउँसो तनहुँको दुलेगौँडामा भएको सवारी दुर्घटना। तस्बिरः विनोद/नागरिक

तनहुँमा सडक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। तनहुँको म्याग्दे गाउँपालिका–१ तल्लो गुणादीमा बसको ठक्करबाट मंगलबार एक महिलाको मृत्यु भएको हो।

मृत्यु हुनेमा भिमाद नगरपालिका–२ बस्ने ४० वर्षीया पवित्रा थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी डिएसपी युवराज खड्काले जानकारी दिए।  

खड्काका अनुसार पृथ्वीराजमार्ग अन्तर्गत खैरेनीटारबाट दमौलीतर्फ जाँदै गरेको ना ४ ख ८४४५ नम्बरको बसले सोही दिशाबाट आउँदै गरेको ग २० प ६३३६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार थापाको मृत्यु भएको हो। घाइते थापाको दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी खड्काले बताए। दुर्घटनामा सुशीर थापा घाइते भएका छन्। थापाको पोखरास्थित फिस्टेल अस्पतालमा उपचारको लागि पठाइएको छ।  

सवारी दुर्घटनामा परि मृत्यु भएकी महिला घाइते सुसिरको आमा भएको प्रहरीले जानकारी दिएको छ। ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित: १० जेष्ठ २०७९ १०:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App