६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

उपत्यका बिहानै अन्धकार, हावाहुरी र चट्याङसहित वर्षा

आइतबार बिहान ७ः३० मा देखिएको काठमाडौँको आकाश।

उपत्यकामा बिहानैदेखि चट्याङसहित वर्षा भइरहेको छ। आकाश कालो बादलले ढाकेपछि उपत्यकाको आइतबार बिहानको बाहिर वातावरण अन्धकार छ।

मौसम पूर्वानुमान महाशाखाले आइतबार बिहान ६ बजे मौसम बुलेटिन जारी गर्दै वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ। ‘स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव नेपालमा ५, बुलेटिनमा भनिएको छ।

महाशाखाले आइतबार देशभर आंशिकदेखि सामान्य बदली रहने र लुम्बिनी र मधेस प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले आवश्यक सर्तकता अपनाउन आग्रह गरेको छ। ‘मेघ गर्जन/चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध छ,' बुलेटिनमा भनिएको छ।

महाशाखाले आइतबार राती मधेस, वागमती र गण्डकी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने जनाएको छ। प्रदेश १, मधेश, वागमती र गण्डकी प्रदेशलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघ गर्जन/चट्याङ हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहको जनाएको छ।

प्रकाशित: ८ जेष्ठ २०७९ ०२:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App