२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

प्रेस काउन्सिलको कानुनी सल्लाहकारमा अधिवक्ता लुइँटेल

प्रेस काउन्सिल नेपालले अधिवक्ता अनन्तराज लुइँटेललाई कानुनी सल्लाहकार नियुक्ति गरेको छ। प्रेस काउन्सिल नेपालको बोर्डले लुइँटेललाई वैशाख पहिलो साता नै नियुक्ति गर्ने निर्णय गरेको हो।

लुइँटेल संवैधानिक मामला, देवानी तथा फौज्दारी मुद्दामा दख्खल राख्छन्। नागरिक दैनिकको समेत कानुनी सल्लाहकार रहेका उनी मिडिया सम्बद्ध कानुनमा विशेष दख्खल राख्छन्।

संवैधानिक कानुनमा एलएलएम र राजनीतिक शास्त्रमा एमए गरेका अधिवक्ता लुइँटेल साढे दुई दशकदेखि मिडिया र अदालतसँग सम्बन्धित गतिविधिमा गहिरो चासो राख्ने कानुन व्यवसायी मानिन्छन्।

उनले द हिमालयन टाइम्स दैनिक, राजधानी दैनिक, हिमालय टाइम्स दैनिक, प्रकाश साप्ताहिक र सौर्य साप्ताहिकमा आवद्ध भएर लामो समयदेखि मिडिया स्वतन्त्रताको पक्षमा कलम चलाएका छन्। उनको सहलेखनको मिडिया विधिशास्त्र नामक पुस्तक कलेजहरुमा समेत सन्दर्भ सामाग्रीको रुपमा लिइन्छ भने मिडिया स्वतन्त्रताका विषयमा उनका दर्जनौ लेखहरु प्रकाशित छन्।

प्रेस काउन्सिल र बार काउन्सिलका प्रकाशनहरुमा समेत उनका लेखहरु प्रकाशित छन्। हाल सर्वोच्च अदालत बार एशोसिएशनको कार्यसमिति सदस्य रहेका अधिवक्ता लुइँटेल संवैधानिक कानुन व्यवसायी मञ्चको निवर्तमान महासचिव समेत हुन्।

यसअघि प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष समेत रहेका वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्की काउन्सिलका कानुनी सल्लाहकार थिए। लामो समयदेखि बिरामी परेका कार्की हाल उपचाररत छन्।

प्रकाशित: ४ जेष्ठ २०७९ १२:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App