२ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

सर्लाहीमा मतपत्र च्यातेको आरोपमा कांग्रेसका उम्मेदवार पक्राउ

सर्लाहीको बलरा नगरपालिकामा मतपत्र च्यातेको आरोपमा वडाध्यक्षका उम्मेदवार पक्राउ परेका छन्। 

बलरा नगरपालिका वडा नम्बर १० को गणना सम्पन्न भैसकेको अवस्थामा नेपाली काङ्ग्रेसका वडाध्यक्ष पदका उम्मेदवार हार्ने भएपछि मतपत्र च्यातेको आरोपमा काङ्ग्रेस वडा अध्यक्षका उम्मेदवार प्रभाकर सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।  

माओवादी केन्द्रका वडाध्यक्षका उमेदवार दिनेश कुशवाहा जित्न लागेपछि काङ्ग्रेस वडाका उमेदवारले कर्मचारीको हातबाट मतपत्र खोसेर च्यातेपछी प्रहरीले उम्मेदवार सिंहलाई नियन्त्रणमा लिएको सर्लाहीका प्रहरी प्रमुख एसपी प्रबिण पोखरेलले बताएका छन्।

बलरा नगरपालिकाको मतगणना जारी नै रहेको  प्रहरीको भनाइ छ। मतपत्र च्यातेको आरोपमा नियन्त्रणमा रहेका वडाध्यक्ष सिंहलाई निर्वाचन एन अनुसार कारवाही गर्ने प्रहरी प्रमुख एसपी पोखरेलको भनाइ छ। 

प्रकाशित: १ जेष्ठ २०७९ ०९:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App