२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पर्सामा शान्तिपूर्ण मतदान भएसँगै बगहीमा भने तनाव

१) मतदानपछि उत्साहित मतदाता। २) मतदानस्थलमा तनाव।

पर्सा जिल्लामा रहेका १ सय ६७ मतदानस्थलमा शान्तिपूर्ण मतदान भइरहको प्रहरीले जनाएको छ। प्रायः मतदानस्थलमा बिहान ७ बजेदेखि मतदान सुरु भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

यहाँ एक वीरगन्ज महानगरपालिका, ३ नगरपािलका र १० गाउँपालिका गरी १४ वटा पालिकाका लागि निर्धारित मतदान केन्द्रहरुमा मतदान भइरहेको छ। पर्साको वीरगन्ज महानगरपािलका वार्ड नम्बर २८ बगहीको मतदानस्थलमा केही बेर विवादको अवस्था भने सिर्जजना भएको थियो। त्यहाँ पनि अवस्था समान्य रहेको र मतदान नरोकिएको प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले बताए।

बगहीमा मतदान सुरु भएको ३ घण्टापछि लाइनको विषयमा विवाद भएको छ। महानन्दप्रसाद उपाध्याय उच्च माविमा रहेको मतदानस्थलमा दुई पक्षका कार्यकर्ताले लाइनको विषयमा विवाद सुरु गरेपछि मतदानस्थलमा तनावग्रस्त बनेको थियो। प्रहरीले दुई पक्षलाई अलग गर्न सफल भएपछि विवाद झडपमा रुपमान्तरण हुनबाट रोकिएको थियो।

केही समयको तनावपछि अवस्था समान्य बनेको थियो। मतदान स्थलमा प्रहरीले भने सतर्कता बढाएको छ। ‘एकछिन बाहिर तनाव भयो, पछि अवस्था समान्य भएको छ,’ प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले भने, ‘मतदान रोक्नुपर्ने अवस्था आएन। त्यहाँ मतदान भइरहेको छ।

प्रकाशित: ३० वैशाख २०७९ ०७:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App