१६ चैत्र २०८० शुक्रबार
समाज

रौतहटको गढीमाईमा झडप, १५ को टाउको फुट्यो

वैशाख ३० रौतहटको गढीमाई नगरपालिका ३ लक्ष्मीपुरमा मतदानको क्रममा झडप भएको छ। लक्ष्मीपुरस्थित खरिदी प्राथमिक विद्यालय भवनमा रहेको मतदान केन्द्रमा झडप भएको हो। 

दुई पक्षबीच मतदानकै क्रममा विवाद भएपछि झडप भएको हो। झडप अझै नियन्त्रणमा आइसकेको छैन। झडपमा अहिलेसम्म १५ जनाको टाउको फुटेको बताइएको छ। 

उक्त ठाउँमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको थप बल पठाउँदै गरेको रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले जानकारी गराएका छन्। 

प्रकाशित: ३० वैशाख २०७९ ०४:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App