६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

चटयाङसहित वर्षाको सम्भावना

मुलुकका विभिन्‍न क्षेत्रमा वर्षाको आँकलन गरिएको छ। स्थानीय वायु र पश्चिमी वायुसँगै असानी नामक चक्रवातको असरका कारण वर्षाको आँकलन गरिएको हो।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वी र मध्य नेपाल केन्द्रित वर्षा हुनसक्छ। शुक्रबार स्थानीय तह निर्वाचनका लागि मतदान हुँदैछ।

महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा मेघ गर्जन र चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा पनि हल्का वर्षाको सम्भावना छ। शुक्रबार प्रदेश १, बागमती र गण्डकीका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। अन्य प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चटयाङसहित हल्का वर्षाको आँकलन गरिएको छ।

राति प्रदेश १ का केही स्थान तथा बागमती र गण्डकीका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

प्रकाशित: २९ वैशाख २०७९ ०१:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App