८ वैशाख २०८१ शनिबार
समाज

निर्वाचनको अनुगमन गर्न जिल्लामा खटिए राष्ट्रिय मानव अधिकारको टोली

वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनको अनुगमन गर्न राष्ट्रिय मानव अधिकारको टोली वागमती प्रदेशका सबै जिल्लामा खटिएका छन्।

वागमती प्रदेशका १३ जिल्लाको अनुगमन गर्ने गरी आज (बुधबार)बाट आयोगको टोली जिल्लामा खटिएको हो। अनुगमनका लागि राष्ट्रिय मानव अधिकार आयोग वागमती प्रदेश कार्यालयले वागमतीका सबै जिल्ला हेर्ने गरी सात वटा टोली बनाएको छ।

अयोगको टोलीले जिल्लाका सबै पालिकामा पुगेर निर्वाचन प्रकृयाको सम्बन्धमा मानव अधिकारको दुष्टिकोणबाट अनुगमन गर्नेछ। आयोगले मानव अधिकार अधिकृत जायश्वर चापागाईं र लोकनाथ घिमिरेलाई चितनवमा पठाएको छ। उनीहरुले मकवानपुर जिल्लाको पनि अनुगमन गर्नेछन्।

त्यस्तै ललितपुर र काभ्रे पलाञ्चोकमा सहसचिव यज्ञप्रसाद अधिकारी, मानव अधिकार अधिकृत पबित्रा भण्डारी र सम्झना धिमाल, रसुवा र नुवाकोट जिल्लामा मानव अधिकार अधिकृत लक्ष्मी पौडेल र विजया उप्रेती, दोलखा र रामेछाप जिल्लामा उपसचिव सरिता ज्ञवाली, अस्मिा पोखरेल र निलम परियारलाई खटाएको छ।

सिन्धुली र काभ्रेपलाञ्चोकमा मानव अधिकार अधिकृत किरणकुमार बराम र मणि थापा, धादिङ्ग र काठमाडौँ जिल्लामा मानव अधिकार अधिकृत रुना मर्हजन, सेली गौतम र गायत्री खत्री, भक्तपुर  र सिन्धुपाल्चोक जिल्लामा अम्बिका घिमिरे, रेवा रेग्मी र रारा कर्माचार्यले निर्वाचनको अनुगमन गर्ने छन्। निर्वाचन अवधिभर चितवन  जिल्लाका सातै पालिका अनुगमन गर्ने गरी चितवन पठाएको मानव अधिकार अधिकृत लोकनाथ घिमिरेले जानकारी जानकारी दिए।

अनुगमन टोलीले उम्मेदवारले स्वतन्त्र रुपमा प्रचारप्रसार तथा आवातजावतको अधिकार, मतदान केन्द्रसम्म मतदाताको पहुँचको अवस्था, मतदाता शिक्षा, निर्वाचन आचारसंहिताको पालना, अपाङ्गता, अशक्त, जेष्ठनागरिक, गर्भवती महिला लगायतका व्यक्तिहरुका लागि मतदानको समयमा प्राथमिकतामा राखिए नराखिएको विषयमा अनुगन गर्ने उनले बताए।

साथै आयोगको टोलीले निर्वाचन पर्यवेक्षक तथा निर्वाचनमा खटिएका सम्पूर्ण कर्मचारी तथा सुरक्षाकर्मीहरुको मानव अधिकार अवस्थाको समेत अनुगमन गर्नेछ। समग्रमा निर्वाचन स्वतन्त्र, निष्पक्ष भयरहित अवस्थामा समपन्न भए नभएको विषयमा अनुगमन गर्नेछ। आयोगको अनुगमन टोलीले मतदान पश्चात मतगणना तथा विजय जुलुस र्‍याली तथा सभाहरुको समेत अनुगमन गने घिमिरेले बताए।

आयोगको टोलीले निर्वाचन पूर्व, निर्वाचन अवधि र निर्वाचन पश्चातको अवधिमा समेत अनुगन गरि रहने जनाएको छ। यसअघि चुनावी प्रचारप्रसारको समयमा मानवअधिकार आयोगको टोली चितवनमा आएर फर्किएको थियो। भरतपुर महानगरपालिका समेत रहेको चितवनमा मानवअधिकार टोलीले विशेष महत्वका साथ हेरेको छ।

प्रकाशित: २८ वैशाख २०७९ ०७:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App