१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

स्थानीय चुनावले गर्दा सीता जयन्ती फिका

राष्ट्रिय विभूति सीताको जन्मजयन्ती स्थानीय तहको चुनावको कारण केही प्रभावित भएको छ। प्रदेशको संरचना निर्माण भएदेखि धुमधामका साथ मनाउन थालिएको सीता जयन्ती स्थानीय तहको चुनावको कारण फिका देखिएको हो।  

प्रदेश राजधानी जनकपुरका साथै विभिन्न जिल्लामा र पालिकाहरुले पनि सीता जयन्ती मनाउँदै आएको थियो। रौतहटमा कटहरिया नगरपालिकाले औपचारिक कार्यक्रम नै गरेर सीता जयन्ती मनाउने गरेको थियो।

वैशाख शुक्ल नवमीका दिन त्रेतायुगमा सीताको जन्म भएको मानिन्छ। नेपालले पनि आदर्श नारी सीतालाई राष्ट्रिय विभूति मान्दै आएको छ।

यस पटक सीता जयन्तीको दिन स्थानीय तहको चुनाव प्रचार प्रसारको अन्तिम र उत्कर्षको दिन भएकोले सबैको ध्यान चुनावतिर गएको छ। सीता जयन्तीको दिन प्रदेश सरकारले सोमबार सार्वजनिक विदा दिएको छ तर औपचारिक कार्यक्रमहरु भने खासै भएको छैन।  

सीता जयन्तीको दिन हिन्दू समुदायले आफ्नो घर र मन्दिरमा जानकी र रामको पूजा गरेका छन्। सीताको आदर्श जीवनबाट अहिलेका पनि नारीले धेरै किसिमका प्रेरणा लिन सकिने रौतहटका साहित्यकार रेणु गुप्ताको भनाइ छ। 

प्रकाशित: २७ वैशाख २०७९ १२:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App