३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

कटारीमा ‘वन्यजन्तु सप्ताह ०७९’ मनाइयो

वन्यजन्तु सप्ताह मनाउँदै वन विज्ञानका विद्यार्थी। तस्बिरः महेश्वर

उदयपुरको कटारी नगरपालिकामा ‘वन्यजन्तु सप्ताह ०७९’ मनाइएको छ। दुई वर्षयता वन विज्ञानमा पठनपाठन गराउँदै आएको प्राकृतिक स्रोत व्यवस्थापन कलेज’ का वन विज्ञान संकायका विद्यार्थीहरुको आयोजनामा ‘२७ औं वन्यजन्तु सप्ताह’ मनाएका हुन्।  

कलेजमा वन विज्ञान विषय अध्यनरत विद्यार्थीहरुको समूहले वैशाख १ गतेदेखि ७ गतेसम्म साताव्यापी सप्ताह मनाएका हुन्। सरकारले गएको २०५३ सालदेखि हरेक नयाँ वर्षको पहिलो सातालाई वन्यजन्तु सप्ताहको रुपमा मनाउँदै आए अनुसार यसवर्ष पनिज सप्ताह मनाइएको हो। ‘मानव वन्यजन्तु सहअस्तित्व हाम्रो साझा दायित्व’ भन्ने नाराका साथ मनाइएको सप्ताहमा बुधबार साँझ समापन भएको छ।  

सप्ताह समापनको अवसरमा आयोजित अन्तरक्रियामा डिभिजन वन कार्यालय त्रिवेणी कटारीका डिभिजनल वन अधिकृत (डिएफओ) विष्णुलाल घिमिरेले वन्यजन्तुको सुरक्षा गर्नु सबैको कर्तव्य भएको बताए। सप्ताह अन्तर्गत विद्यार्थीहरुले विभिन्न गतिबिधि समेटेर कार्यक्रम गर्दा वन्यजन्तु संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने बताए। उनले वन्यजन्तु बचाउ र विकासका लागि सचेतना फैलाईदिएकोमा विद्यार्थी र कलेजप्रति आभार व्यक्ति गरे।

प्राणीजगतमा मानव जाति सभन्दा बढी चेतनशील र बिबेकसिल भएको भन्दै डिएफओ घिमिरेले पृथ्वीलाई सुन्दर र सबैको साझा बनाउन मानिसको महत्वपूर्ण भूमिका हुनुपर्ने बताए। घिमिरेले जैविक विविधता जोगाउन सबैको ऐक्यबद्धता आवश्यक रहेको पनि बताए। कलेजका विद्यार्थीहरुले डिभिजन वन कार्यालय, पंछी संरक्षण सघ कटारी र ‘वी फर वायोडाइभरसिटी कन्जरर्भसन कटारी’ सँगको सहकार्यमा साताव्यापी कार्यक्रम गरिएको हो।  

कार्यक्रममा वन्यजन्तु संरक्षणका लागि जनचेतना जगाउने उद्देश्यले कटारी नगरभित्र विभिन्न सचेतनालक्षित कार्यक्रमहरु सम्पन्न गरिएको आयोजकले जनाएको छ। जस अनुसार कलेजका विद्यार्थीहरुले वैशाख १ गते वन क्याम्पस कटारीबाट भूगोलपार्कसम्म वन्यजन्तु संरक्षणसम्वन्धी नारासहित र्‍याली निकालेका थिए। त्यस्तै २ गते वन्यजन्तु संरक्षण विषयक सडक नाटक र स्टेज नृत्य, ३ गते वन्यजन्तुसम्बन्धी निबन्ध प्रतियोगिता आयोजना गरिएको थियो।

सप्ताहकै अवसरमा वैशाख ४ गते सामुदायिक वन उपभोक्ता समूहहरुमा जनचेतनामुलक कार्यक्रम, वैशाख ५ गते वन्यजन्तुको वासस्थानसम्बन्धी अभियान चलाएका थिए। त्यसैगरी ६ गते वन्यजन्तुसम्बन्धी चित्रकला प्रदर्शनी र अन्तरक्रिया तथा ७ गते स्थानीय सुगाजोर सामुदायिक वन समूहको क्षेत्र पुगेर चरा अवलोकन गराइदै सो सम्बन्धी चेतनामूलक कार्यक्रमसहित सप्ताह सम्पन्न गरेका थिए।

समापन कार्यक्रममा बोल्दै उदयश्री बहुमुखी क्याम्पसका प्रमुख मुकेश थापाले नयाँ वर्षको सुरुवातसँगै मनाइने वन्यजन्तु सप्ताहमा जस्तै वर्षभरी सचेतना कार्यक्रम चलाउन सुझाए। वर्षभरी अभियान चलाए वन्यजन्तुको बचाउ, विकास र संवर्द्धनमा टेवा पुग्ने भन्दै यस्ता कार्यक्रममा स्थानीय जनसमुदायलाई सक्रिय रुपमा समावेश गराउन आग्रह गरेका थिए।

सप्ताह कार्यक्रम संयोजक केदार पौडेलले सबैको साझा प्रयासबाट वन्यजन्तु सप्ताह कार्यक्रम सफल भएको बताए। सप्ताह समापनसँगै वन्यजन्तुको संरक्षणका लागि सबैको प्रयास र सहयोग भएमा मात्र यसलाई संरक्षण गर्न सम्भव रहने जनाए।

प्रकाशित: ८ वैशाख २०७९ १४:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App