१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

उन्नाइस लाख बराबरको अवैध सामान बरामद

भारतबाट अवैधरुपमा भन्सार छलेर चोरी तस्करी गरेर ल्याएका १९ लाख १० हजार ७ सय रुपैयाँ बराबरको लत्ताकपडा विराटनगरको छुट्टा–छुट्टै २ स्थानबाट प्रहरीले बरामद गरेको छ।

भन्सार छलेर ल्याइ लुकाइ राखेको अवस्थामा विराटनगर–७ बाट प्रहरीले १५ लाख १ हजार ७ सय रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए। बरामद गरिएको लत्ताकपडा अवश्यक कारबाहीका लागि इटहरीस्थित राजश्व अनुसन्धान कार्यालयमा बुझाएको प्रहरीले जनाएको छ।

त्यस्तै, विराटनगर–१६ बाट समेत भारतबाट चोरी तस्करी गरी ल्याइएको ४ लाख ९ हजार रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको डिएसपी श्रेष्ठले बताए। बरामद भएका लत्ताकपडा आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाएको प्रहरीले जनाएको छ।

प्रकाशित: ४ वैशाख २०७९ ११:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App