सचिव चिमरिया करिब ६ महिनाअघि नयाँ नियुक्तिसँगै निजामति सेवामा प्रवेश गरेका थिए। गाविसका कार्यालयका सहयोगी सिताराम ढकालका अनुसार शुक्रबार दिउँसो १ बजेतिर गाविसमा काम छ भनेर हिँडेका चिमरिया बेलुका कोठामा नफर्किएपछि बिहान खोजी गर्दा कार्यालयभित्रै झुण्डिएको अवस्थामा भेटिएका हुन्। स्थानीयले घटनाको विषयमा प्रहरीलाई खबर गरेका छन्।
मानेभन्ज्याङ्ग प्रहरी चौकीबाट प्रहरीको टोली घटनास्थल गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ। घटनाको कारणबारे खुल्न सकेको छैन्।
प्रकाशित: १२ असार २०७२ ०२:२३ शनिबार