१८ आश्विन २०८३ आइतबार
image/svg+xml
समाज

पछिल्लो १२ घण्टामा लमजुङको फलेनीमा ७९.४ मिलिमिटर वर्षा

फाइल तस्बिर

पछिल्लो १२ घण्टामा लमजुङ जिल्लाको फलेनीमा सबैभन्दा धेरै वर्षा मापन भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार फलेनीमा ७९.४ मिलिमिटर वर्षा भएको हो।

१७ असोज गते बिहान ६ः२८ बजेसम्मको विवरणअनुसार गण्डकी प्रदेशका थोरै स्थानमा वर्षा भएको छ। त्यस्तै कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भएको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार पछिल्लो १२ घण्टाको अवधिमा देशका विभिन्न स्थानमा वर्षाको अवस्था देखिएको हो।

प्रकाशित: १७ आश्विन २०८३ ०७:०२ शनिबार