२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

७५ वर्षीया खगिसरा वन जोगाउँदै

२६ वर्षदेखि वन समितिको अध्यक्ष भएर वन संरक्षणमा सक्रिय ७५ वर्षीया खगिसरा चपाई। तस्बिरः गोविन्द/नागरिक

उमेरले ७५ वर्ष पुगेकी जेष्ठ नागरिक खगिसरा चपाईको सक्रियता (खटाई) यूवाहरुभन्दा कम छैन। वन संरक्षणको उपाधि पाएकी खगिसरा २६ वर्षदेखि एउटै वन समितिमा लगातार अध्यक्ष भएर काम गरेकी छिन्।

वीरेन्द्रनगर नगरपालिका–७ स्थित कवासे, कटुकुवा क्षेत्रमा जंगल हुँकाउन र संरक्षण गर्न २६ वर्षदेखि खटिएकी खगिसरा अहिले पनि उत्तिकै खट्ने गर्छिन्। घरमा आराम गर्ने उमेरमा खगिसरा वनका हरेक कुनाकुनामा पुग्छिन्।

आफू मात्रै होइन वन समूहका पदाधिकारी, सदस्य र उपभोक्ताहरुलाई समेत आलोपालो गरेर जंगलको अवस्था बुझ्न लैजाने गर्छिन्। नांग्गो डाँडाँहरुमा राष्ट्रिय वन हुँदै सामुदायिक वन समिति भएयता अध्यक्ष भएकी उनी सुरुका दिनहरुमा समुदायका मानिसहरुले गाईभैंसी चराउन नपाएको भन्दै खुबै आलोचना समेत गरे।

आलोचनाको कुनै प्रवाह नगरी खगिसरा जंगल संरक्षणमा एकचित्त भएर लागिन्। जसको सफलता ढपक्क वन क्षेत्र वीरेन्द्रनगरबाट देखिने गरेको छ। खारपानी सामुदायिक वन उपभोक्ता समुहमा अध्यक्ष भएयता सुरुमा जथाभावी चरन गर्न नपाएको भन्दै केही मानिसहरुले व्यक्तिगत रुपमा निकै आलोचना गरेको अनुभव खगिसरासंग रहेको छ।

‘सुरुमा वन क्षेत्रमा गाईभैंसी चरण गर्न नपाएको भन्दै मेरो आलोचना गरे।’ अध्यक्ष खगिसरा चपाईले भनिन्, पछि सवैको सहयोग र हौसलाले पाएसंगै २६ वर्षसम्म समितिमै रहेर काम गरिरहेको छु।’ यहाँ ५ सय घरधुरी  उपभोक्ताहरु छन्। २३ सालमा यहाँ आसपासका बस्ती तथा सरकारी कार्यालय सुर्खेत भ्याली (हाल वीरेन्द्रनगर) झरेका हुन्।

स्थानीयहरु गुरुयोजना भइसकेपछि २०२८ साल वीरेन्द्रनगर झरेका थिए। त्यसयता वृक्षरोपन गर्न थालिए पनि संरक्षण हुन सकेको थिएनन्। राष्ट्रिय वन हुँदै सामुदायक वन भइसकेपछि जंगल संरक्षण हुन थालेको स्थानीय अगुवाहरु बताउँछन्।

‘यो वन क्षेत्रमा पुरानो बस्ती अहिले वीरेन्द्रनगर झाँरियो। बस्ती आसपास नाग्गो डाँडाँ थियो। अध्यक्ष खरिसराले भनिन्, राष्ट्रिय वन हुँदै सामुदायकि वन बनाइयो। सामुदायिक वन भइसकेपछि संरक्षणमा स्थानीयहरु नै लागि परे।’

हरेक घरघरमा १० रुपैँया उठाएर वन रक्षक (वनपाले) एक हजार रुपैँया तलव दिएर वन संरक्षण गरिएको खगिसरा बताउँछिन्। वन समुहले आफ्नै दुई तले भवन, खाजा खाने ठाउँ, पिपलपानी हाल्ने ठाउँ तथा वन्यजन्तुलाई पानी खाने पोखरी बनाएको छ।

वीरेन्द्रनगरको उत्तरी जलाधार संरक्षण गर्ने घोषणा गरेर संरक्षणका कार्यक्रमहरु अघि बढाइएको थियो। अहिले सुन्दर पर्यटकिय क्षेत्र बनेको छ। पिकनिक पार्क समेतको नामले यो वन क्षेत्र परिचित छ।

वीरेन्द्रनगरबाट सुन्दर देखिने वन क्षेत्रको रुपमा विकास भएको डिभिजन वन कार्यालय सुर्खेतका डिभिजन वन अधिकृत मुनबहादुर रावतले बताए। ‘समुहका अध्यक्ष लगायत उपभोक्ताहरु समेत संक्रिय हुनुहुन्छ।’ डिभिजन वन अधिकृत रावतले भने, वन संरक्षणको नमुना वन समुहको रुपमा लिन सकिन्छ।’

प्रकाशित: १९ चैत्र २०७८ ११:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App