१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

भन्सार छलीको सामान बोकेको भन्दै ट्रक नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय, पर्साले नियन्त्रणमा लिएको ट्रक। तस्बिर सौजन्यः पर्सा प्रहरी

भन्सार छली ल्याएको हार्डवेयर तथा विभिन्न किसिमका लत्ताकपडाहरू लोड रहेको ट्रक नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय, पर्साबाट खटिएको टोलीले बुधबार राति साढे ११ बजेतिर वीरगञ्ज महानगरपालिका–८ पर्ने घण्टाघरबाट ना.६ ख ६०३ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएको पर्सा प्रहरीले जानकारी सार्वजनिक गरेको छ।  

प्रज्ञापन पत्र विनाको हार्डवेयर तथा बिभिन्न किसिमका लत्ताकपडाहरू लोड गरी काठमाडौ तर्फ लाँदै गरेको भन्ने सूचना प्राप्त भई आवश्यक अनुसन्धानका लागि ट्रक नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ। ‘हामीलाई पहिलेदेखि जानकररी आएको थियो, यसै क्रममा उक्त ट्रक रोकी जाँच गर्ने गर्दा सूचना अनुरूप अवस्था फेला पर्‍यो,’ पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले नागरिकलाई भने, ‘भन्सार छली गरी ल्याइएका हार्डवेयर तथा लत्ताकपडाहरू फेला परेको हुँदा उक्त ट्रक नियन्त्रणमा लिएर बिहीबार आवश्यक अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको छ।’  

त्यसमा रहेका सामानहरुको ७० लाख रुपैयाँ बराबर र ट्रकको पचास लाख बराबर गरी एक करोड बीस लाख मूल्यांकन गरेर प्रहरीले ट्रकलाई अनुसन्धानको जिम्मा लगाएको हो। कागजातहरु अपुरो रहेको, उल्लेखितभन्दा बढी परिमाणमा सामानहरु लोड गरिएको र न्यून बिजकीकरण गरिएको पाइएको प्रहरी नायव उपरीक्षक खनालले बताए।

प्रकाशित: १७ चैत्र २०७८ १५:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App